Like us!
Follow us!
Connect us!
Watch us!

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्ताे छ शुक्रबारकाे विनिमयदर

निशा हुमाँगाई

शुक्रबार, १८ पुस २०७६, ११ : ३७ मा प्रकाशित

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्ताे छ शुक्रबारकाे विनिमयदर

अर्थ संसार, काठमाडौं – नेपाली बजारमा आज (शुक्रबार) कोरियन वन बाहेक अरु सबै विदेशी मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले ताेकेकाे विनिमयदर अनुसार शुक्रबार १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ९० पैसा र बिक्रीदर ११४ रुपैयाँ ५० पैसा रहेकाे छ ।

'मेरो सुन जस्तो कम्पनीको शेयर अहिले पित्तलको भाउमा छ, शेयर होल्ड गर्नुहोस् अन्यथा प्रतिफल अर्काले खाइदेला' (भिडियोसहित) 

त्यसैगरी, शुक्रबार मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ८७ पैसा र बिक्रीदर २८ रुपैयाँ १ पैसा तोकिएको छ । आज साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३६ पैसा र बिक्रीदर ३० रुपैयाँ ५२ पैसा रहेको छ । 

यसैगरी, शुक्रबार कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४५ पैसा तोकिएको छ । ओमानी रियाल १ को खरिददर २९९ रुपैयाँ २९ पैसा रहेको छ । 

यस्तै, शुक्रबार कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ९ रुपैयाँ ८८ पैसा तोकिएको छ । आज यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ १ पैसा र बिक्रीदर ३१ रुपैयाँ १७ पैसा रहेको छ । 

यसका साथै, आज बहराइन दिनार १ को खरिददर ३०२ रुपैयाँ १२ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ७१ पैसा तोकिएको छ । कुवेती दिनार १ को खरिददर ३७५ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ६४ पैसा रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको