सोमबार, ०६ माघ २०७६
नेपाल भ्रमण वर्ष–२०२० : संख्यामा शंका !
आइतबार, २० पुष २०७६

हालै (गत १ जनवरी, २०२० मा) धुमधाम र तामझामसहित ‘नेपाल भ्रमण वर्ष सन् २०२०’ को उद्घाटन भएको छ । स्मरणीय छ, सो कार्यक्रममको औपचारिक उद्घाटन सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी ज्यु र संस्कृति, पर्यटन तथा नागरिक उड्डडयनमन्त्री योगेश भट्टराईले गर्नु भएको थियो ।

सो क्रममा छिमेकी देशहरु भारत, चीनका साथै म्यानमार र जमैकाका पर्यटनमन्त्रीहरुको पनि उपस्थिति रहेको थियो । त्यस्तै विश्वका ३५ भन्दा बढी देशका पत्रकार तथा प्रतिनिधिहरुले पनि सो उद्घाटन कार्यक्रममा भाग लिएका थिए ।


त्यसो त हाम्रो देश नेपालमा विदेशी पर्यटकहरुलाई लक्षित गरेर वा भनौं विदेशी पर्यटकहरुलाई नेपाल प्रति आकर्षित गर्नका लागि विभिन्न कार्यक्रमहरु गर्ने क्रम कहिलेदेखि सुरु भयो ? यो पंक्तिकारले ठोकैरै भन्न सक्दैन । जे भए तापनि हाम्रो देश नेपालमा विदेशी पर्यटकहरुलाई लक्षित गरेर वा भनौं विदेशी पर्यटकहरुलाई नेपाल प्रति आकर्षित गर्नका लागि सर्वप्रथम नेपालले सन् १९९८ मा ‘नेपाल भ्रमण वर्ष–१९९८’ मनाएको थियो ।

सो वर्ष नेपाल आउने विदेशी पर्यटकको संख्या ५ लाख पुर्याउने, उनीहरुले हाम्रो देश नेपालको भ्रमणमा आउँदा गर्ने दैनिक खर्च प्रति व्यक्ति ४५ डलर पुर्याउने, उनीहरुको बसाई अवधि कम्तिमा १३  दिन पुर्याउने लगायत लक्ष्य राखेर ‘नेपाल भ्रमण वर्ष–१९९८’ मनाएको थियो । तर, सो वर्ष नेपालले लिएको कुनै पनि लक्ष्यहरु पूरा भएन । त्यसपछि सन् २०११ मा नेपाल पर्यटन वर्ष–२०११ मनाएको थियो सो वर्ष १० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिइएको थियो । तर, सो वर्ष ७ लाख चानचुन विदेशी पर्यटकले मात्रै नेपाल भ्रमण गरेका थिए ।

अरु देशको पर्यटनसँग दाँजेर हेर्दा हाम्रो देश नेपालको पर्यटन इतिहास त्यति लामो इतिहास छैन । विसं २००७ साल फागुन ७ गते (सन् १९५१, फेब्रअरी) नेपालमा आएको प्रजातन्त्रसँगै वा भनौं १ सय ४ वर्षे जहाँनियाँ राणा शासनको अन्त्यसँगै नेपालमा राजनीतिक परिवर्तन पनि भयो । सो राजनैतिक परिवर्तनसँगै नेपालमा औपचारिक रुपमा विदेशीहरुले भ्रमण गर्न पाउने नियम लागू भयो ।

अथवा भनौं सर्वसाधारण विदेशीहरुले पनि नेपालको भ्रमण गर्न पाउने व्यवस्था लागू भयो । तर त्यो बेला सूचना र सञ्चारको व्यवस्था अहिले जस्तो थिएन । त्यसमाथि पनि विसं २००७ देखि २०१४÷०१५ सम्म नेपालमा बनेको सरकार स्थिर थिएन । त्यसैले नेपालको पर्यटन क्षेत्र अन्र्तारष्ट्रिय बजारमा राम्रोसँग बजारीकरण हुन सकेन । विसं २०१५ सालमा भएको नेपालकै पहिलो आमनिर्वाचनमा तत्कालीन नेपाली कांग्रेसले दुई तिहाई बहुमत ल्यायो ।

नेपाली कांग्रेसले आप्mनो एकमना सरकार पनि गठन गर्यो । तर, सो सरकार लगभग डेढ वर्ष पुग्दानपुग्दै तत्कालीन राजा महेन्द्रले कू गरेर  हटाए । ठूला नेताहरुलाई जेल हाले । केहीलाई आप्mनो पक्षमा पारे । केहीलाई विदेश भगाए (जस्तै तत्कालीन अर्थमन्त्री तथा नेपाली कांग्रेसमा तेस्रो वरियताका नेता सुवर्णशमशेर राणालाई भारतको कलकत्ता पठाए !) ।

हुन पनि जहाँनियाँ १ सय ४ वर्षे राणा शासनकालसम्म राणा शासकहरुले विदेशीहरुलाई नेपालमा भ्रमण गर्न लगभग प्रतिवन्ध जस्तै लगाएका थिए । त्यसैले त्यो वेला जो पायो त्यो विदेशीले नेपालको भ्रमण गर्न पाउँदैन थियो । कूटनीति मिसनले आएका विदेशीहरु बाहेकले । तर, राणा शासकहरुले आपूmले रिझाउनुपर्ने देशका राजा, महाराजाहरु र कूटनीतिज्ञहरुलाई भने सिकार खेल्न, मनोरञ्अन गर्न आपैm निम्ता गरेर पनि बोलाउँने गर्थे ।

त्यस्तै ठूलै मिसनसहित नेपाल आउने कुनै पनि विदेशीहरुले आप्mनो देशको सरकारको विशेष सिफारिस लिएर आउँथे, जसलाई राणा शासकहरुले टार्न सक्दैन थिए, उनीहरुलाई भित्री मनले नचाहे पनि अनुमति दिन्थे भन्ने भनाइ छ । यसरी हेर्दा विसं २००७ सालमा आएको राजनैतिक परिवर्तनपछि विस्तारै विदेशीहरुका लागि नेपाल भ्रमण गर्न खुल्ला गरियो । त्यो बेला विदेशीलाई नेपालभ्रमण गर्न  खुल्ला गरिएको वा अनुमति दिन थालिएको भए तापनि विदेशीहरुका लागि नेपालमा अस्थाई रुपमा खान र बस्नका लागि होटल, लज आदिको व्यवस्था थिएन । विस्तारै यस्तो व्यवस्था काठमाण्डौ उपत्यका सरु भ्यो ।

तर उपत्यका बाहिरका लागि केही व्यवस्था थिएन । त्यस्तै काठमाण्डौ उपत्यका सहरबाहिर जानका लागि हवाई तथा सडक यातायात लगायत पूर्वाधार विकासमा पनि नेपाल धेरै पछि नै थियो । त्यसैले विसं २००७ देखि विसं २०१५÷०१६ साल (सन् १०५९÷६०) बीचको संक्रमणकालीन अवस्थासम्म पनि नेपालमा अपेक्षित रुपमा विदेशीहरु पर्यटकको रुपमा भ्रमण गर्न खासै आएनन् । त्यसैले सो समयमा पर्यटनले फस्टाउने अवसर पाएन ।

तत्कालीन राजा महेन्द्रले विसं २०१७ सालमा राजनैतिक कू गरेपछिको सुरुताका भने केही विदेशीहरु अघि सरेर नेपालमा पर्यटन व्यवसायको सुरवात गर्नतिर लागे । त्यसरी नेपालमा पर्यटन व्यवसायमा लाग्नेहरुमा बेलायती, जर्मन, जापानीज, स्वीस, रुसी, फ्रान्सिसी आदि विदेशी नागरिकहरु थिए । यसरी हेर्दा नेपालको पर्यटन प्रवद्र्घन गर्नमा सुरुमा विदेशीहरुले योगदान गरेको देखिन्छ । नेपाल आएर बसेका विदेशीहरु जो थिए, उनीहरु सुरुमा शुद्घ पर्यटन व्यवसायीको रुपमा भन्दा पनि कुनै न कुनै उदेश्यले नेपाल आएर बसेका थिए ।

नेपालको पर्यटनको विदेशमा प्रचारप्रसार र पर्यटन बजारको विस्तार गर्नमा विदेशीहरुबाटै सुरु भएको हामीले स्वीकार्नु पर्ने हुन्छ । निश्चय नै ३० वर्षे पञ्चायतकालमा पर्यटन व्यवसाय चकाचक थियो भन्ने होइन । ३० वर्षे पञ्चायतकालमा पनि नेपालमा पर्यटन क्षेत्रमा जति प्रगति हुनु पर्ने हो, त्यति भएन ।

यसरी तथ्य–तथ्यांक नै हेर्ने हो भने, तत्कालीन श्री ५ को सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सन् २००२ मा निकालेको ‘नेपाल टुरिज्म स्टाटिस्टिक–२००२’ मा उल्लेख भएअनुसार नेपालमा विदेशीहरुलाई खुल्ला गरे यता सन् १९६२ सम्ममा ६ हजार १ सय ७९ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । भने सन् १९६२ देखि सन् १९६६ बीचको ४ वर्षमा १२ हजार ५ सय ६७ जना विदेशी पर्यटकहरुले नेपालको भ्रमण गरेका थिए ।

त्यस्तै १९६६ देखि १९७० सम्मको ४ वर्षे अवधिमा ४५ हजार ९ सय ७० जना, १९७० देखि १९७४ सम्मको ४ वर्षे अवधिमा ८९ हजार ८ सय ३८ जना, १९७४ देखि १९७८ को ४ वर्षे अवधिमा १ लाख ५६ हजार १ सय २३ जना, १९७८ देखि १९८२ सम्मको ४ वर्षे अवधिमा १ लाख ७५ हजार ४ सय ४८ जना, १९८२ देखि १९८६ सम्मको ४ वर्षे अवधिमा २ लाख २३ हजार ३ सय ३१ जना, १९८६ देखि १९९० सम्मको ४ वर्षे अवधिमा २ लाख ५४ हजार ८ सय ८५ जना विदेशीहरुले नेपालमा पर्यटकको रुपमा भ्रमण गरेको तथ्यांक देखन्छ ।

विसं २०४६ (सन् १९८९/९०) मा नेपालमा भएको दोस्रो राजनैतिक परिवर्तनपछि भने नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरुको संख्या वार्षिक लाखको दरले उकालो चढेको देखिन्छ । तर, यो क्रम धेरै लामो समयसम्म कायम रहन सकेन । हुन त सन् १९९८ पहिलोपटक नेपाल भ्रमण वर्ष मनाएको थियो, नेपालले ।

सो वर्ष ५ लाख विदेशी पर्यटक नेपाल भित्र्याउने, नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको दैनिक खर्च प्रति व्यक्ति प्रति दिन ४५ अमेरिकी डलर पुर्याउने, नेपाल आउने विदेशी पर्यटकको बसाई अवधि १२ दिन पुर्याउने लगायतका लक्ष्यसहित नेपाल भ्रमण वर्ष मनाइएको भए तापनि पनि सो वर्ष घोषित कुनै पनि लक्ष्या पूरा भएन । सो वर्ष ४ लाख ६३ हजार ६ सय ८४ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरे ।

बरु सन् १९९९ मा भने ४ लाख ९१ हजार ५० सय ४ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरे । तर, सो संख्या सन् २००० मा घटेर ४ लाख ६३ हजार ६ सय ४६ जनामा झर्यो । सन् २००१ मा नेपाल आउने विदेशी पर्यटक घट्ने क्रम बढेर ३ लाख ६१ ह्जार २ सय ३७ जनामा झर्यो । त्यस्तै सन् २००२ मा लगभग आधा घटेर २ लाख ७५ हजार ४ सय ६८ जनामा झर्यो । तथ्यांक स्रोतः श्री ५ को सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सन् २००२ मा निकालेको ‘नेपाल टुरिज्म स्टाटिस्टिक–२००२’  सन् १९८९/९० मा परिवर्तसँगै आएको प्रजातान्त्रिक सरकारले पनि नेपालको पर्यटनका लागि खासै गर्व गर्न लायक काम गरेन भन्न सकिन्छ । त्यो वेलाको सरकारले पर्यटन क्षेत्रमा देखिने गरी गरेको काम भनेको ‘पर्यटन बोर्ड’को गठन एक थियो  ।

समग्रमा हेर्दा २०६२÷०६३ को तेस्रो जनआन्दोलनपछि भने नेपाल आउने विदेशी पर्यटकहरुको संख्या लगातार बढीरहेको छ । यो हाम्रो लागि सुखद समाचार नै हो । त्यसो भए तापनि ती पर्यटकहरुले नेपालमा आएर गर्ने दैनिक खर्च र, उनीहरुको नेपाल बसाई अवधि बढ्न नसक्नु भने दुःखद नै मान्नुपर्ने हुन्छ । त्यसैले हामीले नेपाल आउने पर्यटकहरुको टाउका (संख्या) मात्रै गन्ने कि, उनीहरुले गर्ने दैनिक खर्च र नेपाल बसाईमा पनि सुधार ल्याउनेतर्पm सोच्ने ? विषेश ध्यान दिनुपर्ने देखिन्छ ।

हुन त पछिल्लोपटक नेपाल भ्रमणमा आएका विदेशी पर्यटकको संख्या सन् २०१५ को तुलनामा सन् २०१६, २०१७ र २०१८ मा लगातार बढी रहेको भए तापनि उनीहरुको समग्र नेपाल बसाई अवधि र उनीहरुले नेपाल बसेको समयमा गर्ने गरेको दैनिक खर्च भने माथि नै उल्लेख भए झैँ बढ्दो क्रममा होइन कि घट्दो क्रममा रहेको देखिन्छ । नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या बढ्ने क्रममा सन् २०१८ मा ११ लाख ७३ हजार ७२ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । तर, उनीहरुले नेपालमा रहँदा गर्ने दैनिक खर्च भने सन् २०१७ को तुलनामा १८ प्रतिशतले घटेको थियो ।

स्मरणीय छ, सन् २०१७ मा औसतमा एकजना विदेशी पर्यटकले आप्mनो नेपाल बसाइको क्रममा ५५ अमेरिकी डलर दैनिक खर्च गरेको देखिन्छ भने् सन् २०१८ मा एकजना विदेशी पर्यटकले औसतमा दैनिक ४४ अमेरिकी डलर मात्रै खर्च गरेको देखिन्छ । सुन्दा तितो लागे तापनि नेपाल ‘वेस्ट टुरिस्ट’ (जताभावी फोहर गर्ने, प्राकृतिक वातावरण बिगार्ने, संस्कार, संस्कृति नस्ट गर्ने) हरुका लागि स्वर्ग बन्दै जाने देखिन्छ ।

त्यसैले आगामी वर्ष (सन् २०२०) नेपाल सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष–२०२०’ को अवसरमा नेपाल आउने विदेशी पर्यटकमध्ये कुन खालका पर्यटकलाई प्राथमिका दिने ? यो पंक्तिकारको विचारमा तीनैखाले (उच्च आय भएका र मन फुकाएर जति पनि खर्च गर्न सक्ने, मध्यम खालका तौलेर खर्च गर्ने र, खत्तम खालका थैली कसीकसी खर्च गर्ने !) सबै खाले विदेशी पर्यटकलाई हामीले उत्तिकै महत्व दिनु पर्छ । किनभने, आखिर हामीलाई संख्याको पनि जरुरत छ ।

अन्त्यमा कुरो नचपाई भन्नु पर्दा जसले जे भने पनि संख्या पुग्नेमा  पर्यटकको संख्या पुग्नेमा यो पंत्तिकारलाई मात्रै नभएर स्वयम् नेपाल सरकार, तालुकवाला पर्यटनमन्त्री ज्यु,  सरकारी अधिकारीहरु, भ्रमण वर्षका संयोगक ज्यु, निजी क्षेत्रका पर्यटन व्यवसायी लगायत सबैलाई शंकैछ । तापनि ....

Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved