Like us!
Follow us!
Connect us!
Watch us!

कृषकहरु स्याउ खेतीप्रति आकर्षित, २७ हजार बिरुवा माग

निशा हुमाँगाई

सोमबार, २१ पुस २०७६, १३ : ०३ मा प्रकाशित

कृषकहरु स्याउ खेतीप्रति आकर्षित, २७ हजार बिरुवा माग

अर्थ संसार, काठमाडौं –  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ जोनसँग मुस्ताङका कृषकहरुले यस वर्ष २७ हजार स्याउका बिरुवा माग गरेका छन् ।    

दैनिक १ रूपैयाँ बचाएर शेयरमा लगानी गरौं : गोमा श्रेष्ठ (बानियाँ)-महिला लगानीकर्ता 

पचास प्रतिशत अनुदानमा बिरुवा वितरण गरिने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ जोन मुस्ताङका प्रमुख माधव लम्सालले जानकारी दिएका छन् । प्रतिबिरुवा रु एक हजार १५० पर्ने हाई डेन्सिटी पाल्ट कृषकलाई प्रतिबिरुवा रु ५७५ मा र प्रतिबिरुवा रु ७० पर्ने रेड डेलिसियस जातको स्थानीय स्याउ प्रतिबरुवा रु ३५ मा वितरण गरिने कार्यालयले जनाएको छ । सत्ताइस हजार बिरुवाको माग भएकामा १५ हजार हाई डेन्सिटी पाल्ट र १२ हजार रेड डेलिसियस स्थानीय जातको स्याउको बिरुवा वितरण गरिने प्रमुख लम्सालले बताए ।    

मुस्ताङको लेते, घाँसा र कुञ्जो बाहेकका क्षेत्रमा व्यावसायिक स्याउ खेती हुन्छ । स्याउले बजार र उचित मूल्य पाउन थालेसँगै कृषकहरु स्याउ खेतीप्रति आकर्षित भएका छन् । “जिल्लाभर एक हजार ५०० हेक्टर क्षेत्रफलमा स्याउ खेती भएकोमा सात सय हेक्टरमा उत्पादन हुन्छ”, लम्सालले भने “कृषक र व्यापारीहरुबाट सङ्कलित विवरणअनुसार यस वर्ष छ हजार ५०० मेट्रिक टन स्याउ निकासी भएको तथ्याङ्क प्राप्त भएको छ ।”    

मुस्ताङमा मार्फास्थित शितोष्ण बागवानी विकास केन्द्रले स्याउलगायत फलफूल र तरकारीको बिरुवा तथा बिउ उत्पादन गर्दै आएको छ । यतिबेला स्याउ बगैँचा व्यवस्थापनमा मुस्ताङका सम्मपुर्ण किसानहरू जुटेका छन् । स्याउ जोन कार्यालयले औजार, विषादी, नीलोतुथो, स्प्रे, चुना, सर्व आयल, हाते ट्र्याक्टर, ढुवानीका लागि प्याक, स्याउ व्यवस्थापन सामग्री आदिमा स्याउ बगैँचा व्यवस्थापनका लागि कृषकको मागअनुसार सहयोग गर्ने स्याउ जोन सञ्चालक समितिका संयोजक जयेन्द्र थकालीले बताएका छन् ।    

प्रदेशसभा सदस्य महेन्द्रबहादुर थकालीले गण्डकी प्रदेश सरकारले पनि अनुदानमा स्याउका बिरुवा स्याउ जोनमार्फत कृषकलाई वितरण गर्ने जानकारी दिए । मुस्ताङसमेत कार्यक्षेत्र भएको कृषि ज्ञान केन्द्र म्याग्दीले पनि स्याउ खेतीसम्बन्धी कार्यक्रम तथा योजना सञ्चालन गरेको छ । - रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको