Like us!
Follow us!
Connect us!
Watch us!

विद्यालय हाताभित्र मदिरा पार्टी : संलग्न शिक्षकलाई कारबाही

बुधबार, २३ पुस २०७६, १४ : ३१ मा प्रकाशित

विद्यालय हाताभित्र मदिरा पार्टी : संलग्न शिक्षकलाई कारबाही

अर्थ संसार, काठमाडाैं ­- महोत्तरीको गौशला नगरपालिका­ ३ स्थित जनता आधारभूत विद्यालयको हाताभित्र मदिरा पार्टीमा संलग्नहु रहने शिक्षकलाई कारबाही गरिने भएको छ । उक्त विद्यालयमा पुस १६ गते अङ्ग्रजी नयाँ वर्ष मनाउने क्रममा मदिरा पार्टी भएको खबर सार्वजानिक भएको थियो । विद्यालय जस्तो पवित्र स्थानमा मदिरा पार्टी गरेको भन्दै नगरपालिकाले भोजमा संलग्नलाई कानूनअनुसार कारवाही गरिने निर्णय गरेको छ ।

    
जानकारी लगत्तै मंगलबार विद्यालय पुगेका नगर प्रमुख शिवनाथ महतो, नगरपालिकाका कर्मचारी, वडाअध्क्ष, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी सम्मिलित बैठकले कारवाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेको नगरपालिकाका कर्मचारी धर्मराज बस्नेतले बताएका छन । भोज गरिएको एक हप्ता बित्दासमेत विद्यालयको हाताभित्र खाली मदिरका वोतल, खाना खाएका जुठा प्लेट, फोहोरले विद्यालयको वातावरण प्रदूत भएको पाईएको थियो ।  

   
    
भोजका क्रममा भाइरल भएको एक भिडियोमा मदिरा सेवन गरी लठ्ठ भएका शिक्षकले असभ्यतताको हद पार गरेको पाइएको छ । उक्त भिडियोमा कोहि खानमा व्यस्त त कोही भोजपुरी अश्लिल गीतमा नृत्य गर्दै आएको भेटिएको छ ।   

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको