Like us!
Follow us!
Connect us!
Watch us!

पुस २७ गते सार्वजनिक बिदा

निशा हुमाँगाई

बुधबार, २३ पुस २०७६, १६ : ४९ मा प्रकाशित

पुस २७ गते सार्वजनिक बिदा

अर्थ संसार, काठमाडौं –  विदुर नगरपालिका कार्यलय नुवाकोटले पृथ्वीजयन्तीका दिन सार्वजनिक बिदा दिने भएको छ । पृथ्वीनारायण शाहले राष्ट्रिय एकीकरणका नुवाकोट विजयबाट शुरु गरी साततले दरबार(विसं १८१९) बनाएर करीब २५/२६ वर्ष त्यँही बाट राज्य सञ्चालन गरी राष्ट्रिय एकता गरेकाले उनलाई भुल्न नहुने नगरपालिकाले जनाएको छ ।

यस्ता अभिभावकप्रति श्रद्धाञ्जलि व्यक्त गर्न उनको जन्मदिन पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको नगरपालिकाका प्रमुख सञ्जु पण्डितले बताएका छन् । 

नगरपालिकाको गत पुस १० गते बसेको पाँचाैं नगरसभा अधिवेशनले पृथ्वीजयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हाे । गोरखाका राजा शाहको नेतृत्वमा विसं १८०१ असोज १५ गते नुवाकोट विजय भएको थियो । - रासस

 

   
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको