Like us!
Follow us!
Connect us!
Watch us!

महाकाली यातायात टिकटिङमा, सुदुरपश्चिम जान मोबाईलबाटै टिकट

मिलन खड्का

विहीबार, २४ पुस २०७६, १३ : ०५ मा प्रकाशित

महाकाली यातायात  टिकटिङमा, सुदुरपश्चिम जान मोबाईलबाटै टिकट

अर्थ संसार, काठमाडौं– सुदुरपश्चिमका जिल्लामा  सेवा दिँदै आएको महाकाली यातायातको टिकट अबदेखि अनलाइनबाटै काट्न सकिने भएको छ । महाकाली यातायात बहुउदेश्यीय कम्पनी प्रा.लि.बाट सञ्चालिन महाकाली यातायातले यात्रुहरूलाई टिकट काट्न काउन्टरसम्म धाउन नपरोस् भन्ने उदेश्यले अनलाइन टिकटिङ सुरू गरिएको कम्पनीका अध्यक्ष डम्बर राज पन्तले बताउनुभयो ।

 कम्पनीले नेपालमा अनलाइन बस टिकटिङको सेवा दिँदै आएको बससेवा डटकमसँगको सहकार्यमा अनलाइन टिकटिङ सुरू गरेको हो । योसँगै अबदेखि महाकाली यातायातबाट काठमाडौ महेन्द्रनगर, महेन्द्रनगरदेखि बुटवल, तथा महेन्द्रनगरदेखि पोखरा चल्ने एसी तथा डिलक्स् बसको टिकट अनलाइनबाट काट्न सकिनेछ । 

यात्रुहरूले बससेवा डटकम, इसेवा डटकम डट एनपी, बससेवाको मोबाईल एप्लीकेशन मार्फत अनलाइन टिकट काट्न सकिनेछ । साथै नजिकको इसेवा जोन, पोइन्ट लगायत साइबर, कम्युनिकेशन, आइएमई पे, मोबाईल बैंकिङ तथा ईन्टरनेट बैंकिङमार्फत समेत टिकट काट्न सकिनेछ । यस्तै विदेशबाट www.12go.asia बाट समेत टिकट काट्न सकिनेछ । 

महाकाली यातायातले आफ्ना करिब ६ सय सवारी साधन मार्फत नेपालका विभिन्न गन्तव्यहरूमा सेवा पुर्याउँदै आएको छ । 

बससेवा डटकम नेपालको एकमात्र अनलाइन बस टिकटिङ माध्यम हो । बससेवाले नेपालभरका एसी, डिलक्स्, हाइस लगायतका बस टिकट उपलब्ध गराउनुका साथै बस रिजर्भेसन समेत अनलाइनबाटै गर्दै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको