Like us!
Follow us!
Connect us!
Watch us!

उच्च लेकाली क्षेत्रमा फेरि हिमपात हुँदा जनजिवन प्रभावित

विहीबार, २४ पुस २०७६, १३ : ०२ मा प्रकाशित

उच्च लेकाली क्षेत्रमा फेरि हिमपात हुँदा जनजिवन प्रभावित

अर्थ संसार, काठमाडौं – ­मङ्गलबारदेखि मौसममा आएको परिवर्तनले पहाडी तथा हिमाली जिल्ला बझाङ, बाजुरा तथा अछामका उच्च लेकाली क्षेत्रमा फेरि हिमपात भएको छ । हिमपात भएसँगै चिसो बढेपछि त्यस क्षेत्रको जनजिवन कष्टकर बनेको छ ।

खप्तड क्षेत्रसँग सिमाना जोडिएको पूर्वीचौकी गाउँपालिकाका स्थानीयवासी जोगीसिंह विष्टले डोटीको खप्तडस्थित झिगराना, नापानी, पानीखाल, गोलादेउ, गोवाडाले, शिखर, बडीकेदारनाथलगायतका उच्च पहाडी क्षेत्रमा हिमपात भई चिसो बढेकाले गाईबस्तु चराउन समस्या भएको बताएका छन् । “गाईवस्तु चर्ने ठाउँ हिउँले ढाकेकाले वस्तुभाउ गोठबाट निकाल्नसमेत समस्या भएको छ ।” उनले बताए ।  

हिउँदेबालीमा पानी को मात्रा कम हुने त्यस उच्च पहाडी क्षेत्रमा तेस्राेपटक हिउँ परेका कारण स्थानीय किसान हिउदेबाली सप्रिने आशामा खुशी भएका छन् । त्यस क्षेत्रको उच्च लेकाली भेगमा अहिले बाक्लो हिमपात भईरहेकाे छ । स्थानीयवासी घर बाहिर निस्किन नसकेकाले घरभित्रै आगो तापेर बस्न बाध्य भएको पर्यटन व्यवसायी तथा डोटी उद्योग वाणिज्य सङ्घका महासचिव दीपकबहादुर खड्काले जानकारी दिएका छन् ।

चिसो बढेकाले वृद्धवृद्धा तथा बालबालिका बढी प्रभावित भएको बताइएको छ । हिमपातका कारण त्यहाँको तापक्रम निकै घटेको छ । शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका निर्देशक तथा चिकित्सक आइजङ्ग कुँवरले चिसोबाट बच्न सर्तकता अपनाउनु पर्ने सुझाव दिएका छन् । - रासस

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको