Like us!
Follow us!
Connect us!
Watch us!

शुक्रबार चन्द्रग्रहण :कुन राशीलाई कस्तो असर?

मिलन खड्का

विहीबार, २४ पुस २०७६, २० : ०५ मा प्रकाशित

शुक्रबार चन्द्रग्रहण :कुन राशीलाई कस्तो असर?

अर्थ संसार, काठमाडौं– शुक्रबार सन् २०२० को पहिलो चन्द्रग्रहण लाग्दै छ।चन्द्रग्रहण ४ घण्टा ५ मिनेटसम्म चल्नेछ। 

नेपाली समय अनुसार  चन्द्र ग्रहण राति १० बजेर ५२ मिनेटदेखि प्रारम्भ भएर बिहानी २ः५७ बजेसम्म सम्म चल्नेछ ।

चन्द्र ग्रहणलाई नेपालबाट पनि हेर्न सकिने छ।  नेपाल संगै छिमेकी मुलुक भारत तथा एशियाली देशहरु , यूरोप, अफ्रिका तथा अष्ट्रेलिया महाद्वीपहरुका थुप्रै देशहरुबाट देख्न सकिनेछ।

ज्योतिषका अनुसार  चन्द्र ग्रहणका क्रममा चन्द्र मिथुन राशिमा बस्नेछ । अर्थात् जुन राशीमा ग्रहण लाग्छ त्यस राशिकाले ध्यान दिन आवश्यक हुने ज्योतिषको तर्क छ।  

ग्रहण उपछायाँ ग्रहण हुनेछ अर्थात चन्द्रमा पूर्ण रुपमा लुक्ने छैन, न त चन्द्रमाको कालो छायाँ पृथ्वीमाथि पर्नेछ । आंशिक छायाँ चन्द्रमा ग्रहण पूर्ण र आंशिक चन्द्र ग्रहणभन्दा पनि कमजोर हुनेछ । त्यसैले चन्द्र ग्रहणलाई राम्रो संग भने देख्न सकिने छैन। 

कुन राशीलाई कस्तो असर? 

मेष- मध्यम फल

वृष- अशुभ फल

मिथुन-मध्यम फल

कर्कट-शुभ फल

सिंह-मध्यम फल

कन्या-मध्यम फल

तुला-शुभ फल

वृश्चिक-अशुभ फल

धनु-अशुभ फल

मकर-अशुभ फल

कुम्भ-शुभ फल

मीन-शुभ फल
 

सन् २०२० मा चार वटा चन्द्र ग्रहणहरु लाग्दैछन् ।जसमध्ये शुक्रबार लाग्ने ग्रहण पहिलो चन्द्र ग्रहण हो। ​२०२० मा लाग्ने अन्य ग्रहण ५ जुन, ५ जुलाई र ३० नोभेम्बरमा पनि लाग्ने छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको