Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनी जनरल इन्स्योरेन्सले लिलामीमार्फत शेयर बिक्री गर्दै, कति कित्ता ? (सूचनासहित)

निशा हुमाँगाई

सोमबार, २८ पुस २०७६, १० : ५१ मा प्रकाशित

लुम्बिनी जनरल इन्स्योरेन्सले लिलामीमार्फत शेयर बिक्री गर्दै, कति कित्ता ? (सूचनासहित)

अर्थ संसार, काठमाडौं – लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले लिलामीमा शेयर ल्याउने भएकाे छ ।  कम्पनीले करिब १ लाख कित्ता शेयर लिलामी मार्फत बिक्री गर्न लागेकाे हाे ।

कम्पनीले कात्तिक २४ गतेदेखि मंसिर २९ गतेसम्म १० बराबर २ अनुपातमा १७ लाख ६० हजार कित्ता हकप्रद शेयर निष्कासन तथा बिक्री गरेको थियो । उक्त अवधिसम्ममा निष्कासन गरीएको शेयरमध्ये ७ हजार ३५२ जना आवेदकले कूल १६ लाख ६० हजार २७४ कित्ता शेयरका लागि आवेदन दिएका थिए ।

त्यस्तै, उक्त शेयर कम्पनीले पुस २५ गते बाँडफाँड गरेको थियो ।

बाँडफाँडमा नपरेको ९९ हजार ७२६ कित्ता शेयर कम्पनीले लिलामीमा बिक्री गर्न लागेकाे हाे ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको