सोमबार, ०६ माघ २०७६
पुरानो पुस्तालाई बोझ मानेर पन्छाउन खोजे नयाँ पुस्ताले बुझ्नु पर्छ -'एकदिन आफू पनि बूढो भइन्छ'
सोमबार, २८ पुष २०७६

अर्थ संसार, काठमाडौं – आगो ताप्नु मुढाको कुरा सुन्नु बुडाको भन्थे उहिले तर अहिले हिटरको आगो ताप्ने जमानाको हो । ब्यस्त जिवनशैलि अँगालिरहेको यो समाजलाई बुढा बुढीको कुरा सुन्ने फुर्सद छैन । अहिले परीवारको संरचना पनि फेरिन थाल्यो । पुराना परिवारका बच्चा संयूक्त परिवारमा हुकन्थे । परिवार नै पाठशाला बन्थ्यौं । त्यहि संगतले उनिहरुको संकार र सीप सिक्न सक्थेँ ।

यो मोर्डन सोसाइटीमा बुढाबुढीको अबस्था खराब हुदै गएको छ । ज्येष्ठ नागरिकलाई अलग्याएर राख्ने चलनले गर्दा बच्चाबच्ची पनि आफ्ना हजुरबुबा - आमाबाट टाडा रहेँ । बुढाबुढीले मायाँ पाएनन र बच्चाले संस्कार । हाम्रो शिक्षाले संवेदनशीलता सिकाउन सक्दैन । जति बुढा बुढी आमा बाबा बाँट सिक्न सक्छौं ।

जेष्ट नागरिकको अवस्था गाँउमा भन्दा सहरमा कारुणिक छ । गाउँमा परिवार र आफन्तले उनिहरुको आदर गर्छन् । समय समयमा भेटघाट गर्ने हुँदा त्यति एक्लोपनको महसुस गर्नु पर्दैन ।

हरेक आमा-बाबुको छोरा-छोरीप्रति एउटा मीठो सपना हुन्छ । आफ्नो सन्तान असल बनुन् । कर्तब्यनिष्ठ होउन् । सक्षम र सुयोग्य होउन् । बुढेसकालको सहारा बनुन् । तर, घडीको सुईमा चल्नुपर्ने शहरी ब्यस्त जीवन र मानवीय मूल्यहीन संस्कृतिका कारण मान्छेको बुढेसकाल एकदमै असुरक्षित र अत्यासलाग्दो बन्दै गइरहेको छ ।

आजको युगले मान्छेलाई मान्छेबाट वस्तुमा रुपान्तरित गरिदिएको छ । त्यसैले आजको मान्छेले हरेक कुरालाई नाफा-घाटाको तराजुमा तौलन्छ । यहाँसम्म कि नाता सम्बन्ध पनि मान्छेका लागि नाफा-नोक्सानसँग तुलनीय भएका छन् ।

आज हाम्रो समाजमा पुस्तैनी दुरी बढ्दै गैरहेको छ । जसका कारण अघिल्लो पुस्ताको मनमा चोट पुग्दैछ । उनीहरु आत्मसम्मान खोजिरहेका छन् । नाता सम्बन्ध औपचारिकतामा सीमित हुँदै जाँदा परिवार मात्र होइन, मान्छेको मन पनि खण्डित हुँदै जान थालेको छ । अघिल्लो पुस्ताको योगदानको महत्व पछिल्लो पुस्ताले बिर्सनेक्रम जारी छ । किनकि उसलाई नाफा-घाटाको हिसाब मिलान गर्न फुर्सद छैन ।

बृद्धाश्रममा कष्टकर जीवन बिताइरहेका, सडकको पेटीमा आँसु पिउँदै अपमानित जीवन बाँचिरहेका वा घरमा सन्तानहरूका बीचमा पनि एक्लो जीवन जिइरहेका ती बृद्ध-बृद्धा आमा-बाबाहरू सम्झेर मभित्र साँच्चै मानवता उर्लेर आउँछ। अपवाद बाहेक अधिकांशको गुनासो आफ्नै सन्तानप्रति हुन्छ । पीडैपीडाको पहाडले थिचिएर दुःखैदुःखमा दिन बिताइरहेका यी बृद्ध-बृद्धाको उदास अनुहार बेस्सरी बिझाउँछ सधैं मलाई । जति बिझाए पनि आखिर के गर्न सक्छु र म रु उनीहरूको सन्तानको अभाव पुर्ति गर्न सक्छु र रु अहँ पक्कै पनि सक्दिन म ।

आफ्नो सन्तानलाई कति दुःख गरेर खाई नखाई हुर्काउँछन। पढाएर सक्षम वनाउँछन् । प्राण भन्दा प्यारा तिनै जन्मदिने आमा बाबा बिहे गरेको एक बर्ष नबित्दै श्रीमतीको कुरा सुन्न थालेर सत्रु झै गर्न थाल्छन् ।

सन्तानहरूमा बढ्दै गएको कठोरता र मूल्यहिनताले मुटु चिमोटिरहन्छ । जन्म दिएर आँज यो अवस्थामा ल्याइपुर्याउने आमाप्रति यति निर्मम हुन सक्ने सन्तानहरूबाट समाजमा कसरी मानवीय मूल्य स्थापित होला रु कतै यो समाज पाषाण युगतिरै त फर्कँदै छैन रु भावी पुस्तालाई कस्तो संस्कृति छाडेर जाँदैछौं रु

अन्त्यमा, घरपरीवारलाई विघटन गरी आमा-बाबाबाट श्रीमानलाई अलग गराई आफु आधुनिक र बोल्ड देखाउँन रुचाउँने भाउजूहरुलाई मेरो बिशेष अनुरोध छ - घमण्ड तोडि यस्तो बेथितिको अन्त्य गर्नुस् । स्वर्गजस्तो सुन्दर घर नरक नबनाउनुहोस् । सासू-ससुरा भनेका आफ्नै आमाबाबु हुन् । उहाँहरूको यथोचित सम्मान गर्नुस्। उहाँहरू भएर नै तपाईंले सोचेजस्तै पति पाउनु भएको हो ।
मान्छेको जीवन कुमालेको चक्रजस्तै हुन्छ। हामी सबै एकदिन बूढो हुनुपर्छ । हामीले जे सिकायो, सन्तानले त्यही सिक्ने हो ।पुरानो पुस्तालाई बोझ मानेर पन्छाउन खोजे नयाँ पुस्ताले बुझ्नु पर्छ-एकदिन आफू पनि बूढो भइन्छ । जीवन कुमालेको चक्र जस्तै हो । घुमिरहन्छ आफ्नै गतिमा ।

Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved