Like us!
Follow us!
Connect us!
Watch us!

नक्कली प्रहरी बनेर नगद असुली गर्ने २ पक्राउ

सोमबार, २८ पुस २०७६, १७ : ०७ मा प्रकाशित

नक्कली प्रहरी बनेर नगद असुली गर्ने २ पक्राउ

अर्थ संसार, काठमाण्डौं प्रहरी हौँ भनी नगत असुली गरिरहेका २ जनालाई प्रहरीले पक्राउ गरेको छ । (सोमबार दिउँसो बाह्रदर्शी गाउँपालिका ३ राजगढ बजारमा स्थानीय व्यापारीसँग नगद असुली गरिरहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
 
पक्राउ पर्नेहरुमा गौरीगंञ्ज गाउँपालिका ३ बस्ने २० वर्षिया जिवन दास र सोहि गाउँपालिका १ बस्ने २८ वर्षिय पर्शुराम महतो रहेका छन ।

ईलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरीले उनीहरुलाई  प्रदेश प्रहरी कार्यलय बिराटनगरको सिआइबी प्रहरी हौं भन्दै ७ हजार रुपैयाँ हजार नगद असुली गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।


यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको