Like us!
Follow us!
Connect us!
Watch us!

भृकुटीमण्डपमा सातौं बृहत राष्ट्रिय छाला जुत्ता तथा प्रदर्शनी शुरु, ब्राण्डको जुत्ताचप्पलमा भारी छुट

अर्थ संसार

मंगलबार, २९ पुस २०७६, ०९ : १९ मा प्रकाशित

भृकुटीमण्डपमा सातौं बृहत राष्ट्रिय छाला जुत्ता तथा प्रदर्शनी शुरु, ब्राण्डको जुत्ताचप्पलमा भारी छुट

 अर्थ संसार, काठमाडौं–“कला र कौशल हाम्रो, नेपाली ब्राण्ड नै राम्रो” भन्ने मूल नाराका साथ पुष २८ गते देखि काठमाडौंको भृकुटीमण्डपको प्रर्दशनी स्थलमा सातौँ बृहत राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रर्दशनी  सुरु भएको छ ।  मेलाको उद्घाटन  माननीय उद्योग वाणिज्य तथा आपुर्ति राज्यमन्त्री मोतीलाल दुगडले सोमबार गर्नु भएको थियो ।  मेलाको उद्घाटन गर्दे राज्यमन्त्री दुगडले नेपाली उत्पादनलाई सवैले प्रत्साहन गर्नु पर्ने, नेपाली उत्पानदन उपयोगन समेत आग्रह गरेका छन् ।

माघ ४ गतेसम्म हुने मेला नेपाल छाला जुत्ता उत्पादक संघले आयोजना गरेको हो । नेपाल छाला जुत्ता उत्पादक संघका अध्यक्ष बासु रोक्काले मेलाको उदेश्य भनेको स्वदेशी उद्योग र उत्पादनलाई प्रोत्साहन गर्दै छाला जुत्ता तथा वस्तुको व्यवसाय प्रवद्र्धन गन रहेको बताए ।

मेलाको  सह आयोजक घरेलु तथा साना उद्योग महासंघ , प्रबद्र्धकमा व्यापार तथा निकासी, प्रबद्र्धन केन्द्रमा नेपाल चेम्बर अफ कर्मस,प्रायोजकमा सगुन शुज र ग्लोबल शुज रहेका छन् । त्यसै गरी सह प्रायोजकमा सिटीजन फुटवेयर, युनीभर्सल फुटवेयर र कम्र्फट शुज रहेको छ ।

यस्ता छन प्रर्दशनीक

१) नेपाली साना घरेलु तथा लघु उद्योगहरुलाई बैज्ञानीक रुपले आधुनीकीकरण गर्दै भबिष्यमा बिदेशी बजारमा समेत सुपरीचित गराउदै  राष्ट्रिय अर्थतन्त्रमा आमुल परिवर्तन ल्याउने लक्ष्य रहेको छ ।
२) मेलामा करीब ७० देखि ८० हजार दर्शक भित्राउने लक्ष्य लिइएको छ ।
३) आम नेपाली उपभोक्तालाई नेपाली उत्पादनमा आत्म निर्भर गराउने लक्ष्य रहेको छ ।
४) पछिल्ला उत्पादनहरु भन्दा नितान्त नयाँ मोडलका आधुनीक जुत्ता, चप्पल तथा छाला जन्य वस्तुहरु प्रर्दशन गरीने छ ।
५) गुणस्तरीय कच्चा पदार्थ तथा दक्ष जनशक्ती प्रयोग गरि उत्पादन गरीएका जेन्स, लेडीज, बच्चाका जुत्ताहरु, लगायत अल्लो तथा हेम्प द्धारा निर्मीत बस्तुहरु पनि प्रर्दशन तथा बिक्री बितरण गरीने छ ।
६) अपाङ्गगता भएका व्यक्तिहरुका लागी विषेश किसीमका जुत्ता चप्पलहरु उपलब्ध हुनेछ ।
७) आफ्नो उत्पादनको गुणस्तरको बारेमा उपभोक्तालाई प्रत्यक्ष जानकार िगराउने ।

प्रर्दशनीको लक्षित बर्ग

१) जुत्ताका सौखिन पारखीहरु
२) आम सचेत उपभोक्ताहरु
३) जुत्ताको कच्चा पदार्थका आपुर्ति कर्ताहरु तथा खरीद कर्ताहरु
४) यस सग सम्बन्धीत सबै पक्षहरु


प्रर्दशनीका आकर्षण तथा सुबिधाहरु

१) मेलामा प्रतिष्ठीत ब्राण्डका गुणस्तीय उत्पादनहरुको प्रर्दशन तथा बिक्री बितरण गर्ने छन् ।
२) पछिल्ला उत्पादनहरु भन्दा नितान्त नयाँ मोडलका आधुनीक जुत्ता, चप्पल तथा छाला जन्य वस्तुहरु प्रर्दशन गरीने छ ।
३) मेलामा बिक्री बितरण गरीने जुत्तामा ६ महिना सम्मको वारेन्टी तथा चप्पल र  जुत्तामा १५ देखि २५ प्रतिशत सम्मको छुट दिइने छ ।
४) गुणस्तरीय कच्चा पदार्थ तथा दक्ष जनशक्ती प्रयोग गरि उत्पादन गरीएका जेन्स, लेडीज, बच्चाका जुत्ताहरु, लगायत अल्लो तथा हेम्प द्धारा निर्मीत बस्तुहरु पनि प्रर्दशन तथा बिक्री बितरण गरीने छ ।
५)उपभोक्तहरुले खरीद गरेका सामानहरु फेर बदल गर्नु परेमा सम्बन्धीत कम्पनी वा कम्पनीहरुको स्वरुममा बिल सहीत सम्र्पक गर्न सक्नुहुनेछ ।
६) आयोजित मेला स्टक क्लियरेन्स सेल मेला नभई बिशुद्ध गुणस्तरीय बस्तुहरुको प्रर्दशन भएकोले सहभागी उपभोत्ताहरुले आफुले तिरेको मुल्यको पुर्ण सन्तुष्टी पाउनुहुनेछ ।
७) मेलामा न्युनतम् देखि उच्चतम् मुल्य तिर्न सक्ने सबै खाले उपभोक्ताहरुको लागि गुणस्तरीय तथा आरामदायी तथा आर्कषक छालाका जुत्ता तथा छाला जन्य वस्तुहरु उपलब्ध गराइने छ ।
८) नेपाल छाला जुत्ता उत्पादक संघमा आबद्ध उद्योगहरुको बिषेश प्रर्दशनी कक्षको पनि ब्यबस्था गरीने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको