Like us!
Follow us!
Connect us!
Watch us!

भिडियाे हेर्नुस् यस्ता थिए नेपाल इन्भेष्टमेण्ट बैंककाे साधारणसभाको प्रस्ताव, कसरी पारित भयो ?

निशा हुमाँगाई

मंगलबार, २९ पुस २०७६, १० : १३ मा प्रकाशित

अर्थ संसार, काठमाडौं – नेपाल इन्भेष्टमेण्ट बैंककाे ३३औं वार्षिक साधारणसभा सम्पन्न भएकाे छ । उक्त सभा संचालक समितिका अध्यक्ष पृथ्वीबहादुर पाँडेकाे अध्यक्षतामा राष्ट्रिय सभा गृह, प्रदर्शनीमार्ग, काठमाडौंमा सम्पन्न भएकाे हाे ।

सभामा बैंककाे सञ्चालक समितिबाट प्रस्ताव गरे बमोजिम गत आर्थिक वर्षको नाफाबाट १०.५ प्रतिशत बोनस शेयर र ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिएकाे छ ।

यसैगरी, सभाले अन्य कुनै बैंक वा वित्तीय संस्था प्राप्त गर्ने वा मर्जर सम्बन्धी कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गरेकाे छ ।

त्यस्तै, लाभांश वितरण प्रयोजनार्थ तथा साधारण सभाका लागि बैंकले पुस १४ गतेदेखि बुकक्लोज गरेको थियो । त्यसैले, पुस १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभाबाट पारित गरिएकाे उक्त लाभांश प्राप्त गर्न सक्नेछन् ।

भिडियाे पनि :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको