Like us!
Follow us!
Connect us!
Watch us!

हेर्नुहाेस् यस्ताे छ मंगलबार नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राकाे विनिमयदर

निशा हुमाँगाई

मंगलबार, २९ पुस २०७६, १० : ३५ मा प्रकाशित

हेर्नुहाेस् यस्ताे छ मंगलबार नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राकाे विनिमयदर

अर्थ संसार, काठमाडौं –  नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार आज (मंगलबार) मलेसियन रिंगिट र कतारी रियालको भाउ बढेको छ र अरू विदेशी मुद्राको भाउ भने घटेको छ । मंगलबार नेपाली बजारमा एक अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ०८ पैसा र बिक्रीदर ११३ रुपैयाँ ६८ पैसा रहेकाे छ ।

त्यस्तै, कोरियन वन एक सयको खरिददर  ९ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९ रुपैयाँ ८२ पैसा तोकिएको छ । त्यसैगरी, एक कतारी रियालको १ को खरिददर ३१ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३१ रुपैयाँ २२ पैसा रहेकाे छ ।

त्यसैगरी, मंगलबार एक कुवेती दिनारको खरिददर ३७२ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ५१ पैसा तोकिएको छ । आज एक बहराईन दिनारको  खरिददर २९९ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ५१ पैसा रहेकाे छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ८४ पैसा र बिक्रीदर २७ पैसा ९८ पैसा तोकिएको छ । साउदी रियाल एकको खरिददर  ३० रुपैयाँ १४ पैसा र बिक्रीदर ३० रुपैयाँ ३० पैसा तोकिएको छ ।

यसका साथै, मंगलबार एक युएई दिरामको खरिददर  ३० रुपैयाँ ७९ पैसा र बिक्रीदर ३० रुपैयाँ ९५ पैसा रहेको छ । यस्तै, ओमानी रियाल १ को खरिददर २९३ रुपैयाँ ३६ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको