Like us!
Follow us!
Connect us!
Watch us!

नागबेली लघुवित्तले बाेलायाे सभा, कहाँ, कहिले र शेयरधनीलाई कति लाभांश ?

निशा हुमाँगाई

मंगलबार, २९ पुस २०७६, ११ : १४ मा प्रकाशित

नागबेली लघुवित्तले बाेलायाे सभा, कहाँ, कहिले र  शेयरधनीलाई कति लाभांश ?

अर्थ संसार, काठमाडौं – नागबेली लघुवित्त वित्तीय संस्था लिमिटेडले कम्पनीको १० औं वार्षिक साधारण सभा आह्वान गरेकाे छ । उक्त सभा माघ २६ गते  आइतबार सिटी पार्टी प्यालेस, बिर्तामोड, झापामा बिहान साढे १० बजे शुरु हुनेछ ।

कम्पनीको पुस २४ गते बसेकाे सञ्चालक समितिकाे बैठकले उक्त सभा ताेकेकाे हाे । सभामा हाल कायम चुक्ता पूँजीको २६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यसैगरी, बोनस शेयर वितरण पश्चात कायम हुन आउने चुक्ता पूँजीको ४ बराबर १ अनुपातमा हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पनि पारित गरिनेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5e1d547eac6f0.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको