Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश पारितसँगै सांग्रिला डेभलपमेन्ट बैंककाे १५ औं वार्षिक साधारण सभा सम्पन्न

निशा हुमाँगाई

मंगलबार, २९ पुस २०७६, १४ : ४२ मा प्रकाशित

लाभांश पारितसँगै सांग्रिला डेभलपमेन्ट बैंककाे १५ औं वार्षिक साधारण सभा सम्पन्न

अर्थ संसार, काठमाडौं - सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडकाे १५ औं वार्षिक साधारण सभा आज (मंगलबार) लैनचाैर ब्याङ्क्वेट, थापागाउँ, लैनचाैर, काठमाडौंमा सम्पन्न भएको छ । 

उक्त साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमाेजिम ८.९५९३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

त्यसैगरी, सभामा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने सम्बन्धी प्रस्ताव पारित गरिएकाे छ । 

त्यस्तै, सभामा सञ्चालकहरूलाई प्रदान गरिने बैठक भत्ता रकम वृद्दि गर्ने र साेही अनुसार डेभलपमेन्ट बैंककाे नियमावलीमा आवश्यक संशाेधन गर्ने प्रस्ताव पनि पारित गरिएकाे छ । 

सभाले चालु आ.व. २०७६/७७ को लागि  श्याम कार्की एण्ड कम्पनी चार्टर्ड एकाउन्टेन्टस्लाई बाह्य लेखापरिक्षकमा नियुक्त गरेको छ ।

साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजी रु.२,६०,६६,४०,४०० को ८.९५९३% (कर सहित)ले हुन आउने रु २३,३५,३७,२९६/९६ (अक्षरेपी रु. तेईस करोड पैंतीस लाख सैंतीस हजार दुई सय छयानब्बे रुपैया र पैसा छयानब्बे मात्र) नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभाले स्वीकृत गरेको छ ।

उपरोक्त बमोजिमको  बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ८९ शाखा कार्यालयहरु, २६ एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको