Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनी विकास बैंकको १२औं वार्षिक साधारणसभा सम्पन्न, लाभांश छिटो खातामा हाल्न शेयरधनीको आग्रह

निशा हुमाँगाई

मंगलबार, २९ पुस २०७६, १७ : १५ मा प्रकाशित

लुम्बिनी विकास बैंकको १२औं वार्षिक साधारणसभा सम्पन्न, लाभांश छिटो खातामा हाल्न शेयरधनीको आग्रह

अर्थ संसार, काठमाडौं – लुम्बिनी विकास बैंककाे १२औं वार्षिक साधारण सभा सम्पन्न भएकाे छ । उक्त सभा आज (मंगलबार) अमृतभाेग, कालिकास्थान, काठमाडौंमा सम्पन्न भएकाे हाे ।

सभामा बैंककाे सञ्चालक समितिबाट प्रस्ताव गरे बमोजिम गत आर्थिक वर्षको नाफाबाट ५% बोनस शेयर र १५% नगद गरी कूल २०%  लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिएकाे छ ।

यसैगरी, सभाले कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जाने सम्झौता गर्नुपरेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पारित गरेकाे छ ।

यस्तै, सभामा आर्थिक वर्ष २०७५/७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल गरिएकाे थियाे । यस साधारण सभाले २०७५/७६ सम्मको सञ्चित मुनाफाबाट असार मसान्तसम्म कायम सेयर पुँजीको ५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभाशं वितरण गर्ने निर्णय पारित गरेको छ । उक्त बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २ अर्ब ७१ करोड ६३ लाख पुगेको छ ।

लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ देशभरका ६६ शाखाहरु र १६ वटा एटिएमबाट आफ्ना करिब २ लाख ४० हजार ग्राहक महानुभावहरुलाई उच्च स्तरीय आधुनिक एवं नविनतम प्रविधि सहितको बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकको २०७६ मंसीर मसान्त सम्म कर्जा लगानी रु २३ अरब ९४ करोड, साथैे निक्षेप संकलन रु २७ अरब ८ करोड रहेको छ । हाल बैंकले आफ्ना ग्राहकहरुलाई  निशुःल्क डेविट कार्ड वितरण गर्नुका साथै उक्त कार्डबाट नेपालभित्रका कुनै पनि बैंकका भिजा नेटवर्क अन्र्तगतको ATM बाट रकम झिक्दा कुनै पनि अतिरिक्त शुःल्क नलाग्ने व्यवस्था मिलाएको छ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको