Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल लाइफबाट १ करोड ३ लाखको दावी भुक्तानी

अर्थ संसार

मंगलबार, २९ पुस २०७६, १७ : ३८ मा प्रकाशित

नेशनल लाइफबाट १ करोड ३ लाखको दावी भुक्तानी

अर्थ संसार, काठमाडौं– नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विर्तामोड झापा स्थित होटल ग्राण्ड प्यासिफिकमा मंगलबार एक कार्यक्रमको आयोजना गरी स्व. इन्द्र प्रसाद दंगालको मृत्यू दावी भुक्तानी गरेको छ ।

स्व. इन्द्र प्रसाद दंगालले २०७६ साल असार ३१ गते रु ५० लाखको दोहोरो दुर्घट्ना लाभ सहितको १६ वर्षे अमृत वर्षा जीवन वीमालेख खरीद गर्नुभएकोमा २०७६ साल कार्तिक ४ गते निजको दुर्घट्ना कारणबाट मृत्यु भएकोले स्व. दंगालको इच्छाइएको व्यक्ति निजको धर्मपत्नी सुष्मिता थपलिया (दंगाल) लाई उक्त कार्यक्रममा विर्तामोड उधोग वाणिज्य संघका अध्यक्ष  कुमार भट्टराईले वीमा दावी वापत एक करोड तीन लाख पन्ध्र हजारको चेक हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा उक्त दावी आवश्यक कागजात प्राप्त भएको १५ दिनमा यथाशीघ्र फछर्यौट गरिएको जानकारी विर्तामोड शाखाका प्रमुख श्री कमल बहादुर बुणथोकीले गराउनु भयो ।

उक्त कार्यक्रममा कम्पनीका एक नम्बर प्रदेश प्रमुख श्री नरेन्द्र राई, धरान शाखा प्रमुख श्री हरि प्रसाद खतिवडा, दमक शाखा प्रमुख श्री सुमन कुमार राई, चीफ बिजनेश म्यानेजरहरु श्री बन्धु कुमार निरौला, सुश्री दीपा ओली लगायत विजनेश मेनेजर, अभिकर्ताहरु एवम स्व. दंगालका पारिवारिक सदस्यको उपस्थिति रहेको थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको