Like us!
Follow us!
Connect us!
Watch us!

फेरी आँखुखोला जलविद्युतले १४ गते बोलायो साधारणसभा, सभा स्थगित भएपछि तोडफोडमा उत्रिएका थिए शेयरधनी (भिडियोसहित)

अर्थ संसार

विहीबार, ०२ माघ २०७६, ०९ : ०६ मा प्रकाशित

अर्थ संसार, काठमाडौं -  साधारणसभा बस्न कोरम नपुगेपछि स्थगित भएको आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको ११ र १२ औं साधारणसभा पुन : माघ १४ गते बोलाएको छ ।

 कम्पनीले नक्साल बेङ्गकेवटमा बिहान ११ बजे सभा बोलाएको हो । पुष २८ गते साधारणसभा उपस्थित शेयरधनीहरु अक्रोस्थित हुदैँ नाराबाजी र केहि हुल शेयरधनी तोडफोडमा उत्रिए । 

केहि समय तनाबको स्थितीपछि कम्पनी सचिवले सभाको लागि चाहिने उपस्थिति पुराउन नसकेको सूचना सभालाई दिदै सभा स्थगित भएको जानकारी गराए।

सभालाई चाहिने उपस्थिति पनि पुराउन नसक्नाले कम्पनीको संचालकहरुको कामकारवाहीमा गम्भीर प्रश्न चिन्न उठेको छ। बजारमा हाइड्रो पावर प्रति सर्वसाधारणको तिब्र बितृष्णा भएको बेला यस्ता घटनाले नेपालको जलविद्युत कम्पनीहरुमा लगानी गर्न खोज्ने लगानीकर्ताहरुलाई फेरि सोच्न बाध्य पारेको छ।      

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको