Like us!
Follow us!
Connect us!
Watch us!

सिर्जना फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम माैका, सभा कहिले ?

निशा हुमाँगाई

विहीबार, ०२ माघ २०७६, ११ : ३३ मा प्रकाशित

सिर्जना फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम माैका, सभा कहिले ?

अर्थ संसार, काठमाडौं – सिर्जना फाइनान्सको लाभांश सुरक्षित गर्ने आज (बिहीबार) अन्तिम दिन रहेकाे छ । फाइनान्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थका लागि भाेली (शुक्रबार) बाट बुक क्लोज गर्ने भएकाे छ । त्यसैले, आजसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश सुरक्षित गर्न सक्नेछन् ।

फाइनान्सले गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत बोनस शेयर र ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको छ । 

यसैगरी, फाइनान्सले माघ ११ गते साधारण सभा बाेलाएकाे छ । उक्त सभा उद्योग संगठनको सभाकक्ष, विराटनगरमा बिहान ११ बजेदेखि शुरु हुनेछ ।

यस्तै, सभामा कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जाने सम्झौता गर्नुपरेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने, आर्थिक वर्ष २०७५/७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल गर्ने, आर्थिक वर्ष २०७६/७७ का लागि लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पारित गरिनेछ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको