Like us!
Follow us!
Connect us!
Watch us!

यो साता कुमारी बैंकको कारोबार उच्च,  नेप्से १६ अंकले बृद्धि

शनिबार, २१ फागुन २०७३, १५ : ३५ मा प्रकाशित

यो साता कुमारी बैंकको कारोबार उच्च,  नेप्से १६ अंकले बृद्धि

अर्थ संसार 
काठमाडौँ– यस साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १६ दशमलव ४ अंकले  बढेर अन्तिम दिन एक हजार ३२९ दशमलव ४१ अंकमा पुगेको छ । 

गत साताको नेप्से परिसूचक ३१ दशमलव ८९ अङ्कले घटेको थियो । यस साता नेपाल स्टक एक्सचेन्जमा एक सय ५० कम्पनीका कारोबार भएको छ । जसअनुसार १५ हजार सात सय ३४ कारोबारबाट रु एक अर्ब ५३ करोड ३१ लाख ६४ हजार बराबरका ३३ लाख २० हजार पाँच सय १० कित्ता सेयर खरिद बिक्री भएका छन् । 

कारोबार रकम गत साताको भन्दा ४४ दशमलव २ प्रतिशत कम हो । गत साता एक सय ६१ कम्पनीको कारोबार भएको थियो । जसअनुसार २८ हजार ६८ कारोबारबाट रु दुई अर्ब ७४ करोड ७४ लाख ५६ हजार बराबरका ६२ लाख ३४ हजार तीन सय ५० कित्ता सेयर खरिद बिक्री भएका थिए । 

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ३ दशमलव ७६ अंकले बढेर २८८ दशमलव ७८ अंकमा आइपुगेको छ । 

यस साता कारोबार रकम (रु २१ करोड नौ लाख ४० हजार) को आधारमा कुमारी बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (रु चार लाख नौ हजार कित्ता) तथा कारोबार संख्या (दुई हजार तीन सय ६० वटा) का आधारमा पनि कुमारी बैंक लिमिटेड नै अग्रस्थानमा छ । 

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको