Like us!
Follow us!
Connect us!
Watch us!

सभामुखमा अग्नि सापकोटाको नाममा सहमति जुटेकाे नेकपाकाे दावी

निशा हुमाँगाई

आइतबार, ०५ माघ २०७६, १४ : ३९ मा प्रकाशित

सभामुखमा अग्नि सापकोटाको नाममा सहमति जुटेकाे नेकपाकाे दावी

अर्थ संसार, काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अनुसार संघीय संसदको प्रतिनिधिसभाको सभामुखमा नेकपा स्थायी कमिटी सदस्य अग्नि प्रसाद सापकोटाको नाममा सहमति जुटेको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएकाे छलफल प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच रिक्त रहेको सभामुख पदमा प्रचण्डका विश्वासप्राप्त समेत रहेका नेता सापकोटाका नाममा प्रधानमन्त्री समेत सहमत भएको स्रोतले दावी गरेको छ ।

यसैगरी, आज अपरान्ह चार बजे बस्ने पार्टीको सचिवालय बैठकबाट सापकोटाको नाम अनुमोदन गर्ने तयारी दुबै अध्यक्षले गरेका स्रोतले जनाएकाे छ ।

यस्तै, सभामुखमा सापकोटाको नाममा सहमति बनेको हो वा हैन भन्ने आधिकारिक निर्णय भने अपरान्ह चार बजे बस्ने तयारी भएको सत्तारूढ नेकपाको सचिवालय बैठकपछि मात्र थाहा हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको