Like us!
Follow us!
Connect us!
Watch us!

सोनाम ल्होछारमा तीन दिन सार्वजनिक विदा

आइतबार, ०५ माघ २०७६, १५ : ३९ मा प्रकाशित

सोनाम ल्होछारमा तीन दिन सार्वजनिक विदा

अर्थ संसार, काठमाडौं – सोनाम ल्होछारको अवसरमा रोशी गाउँपालिकाले माघ १०, ११ र १२ गते तीन दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । 

संविधान अनुसार सबै धर्म समुदायको समान अधिकार अनुरुप सबै पर्वमा सार्वजनिक विदा दिँदै आएको गाउँपालिका अध्यक्ष दलबहादुर लामाले बताएका छन् ।

“सबै पर्वलाई उल्लासमय बनाउन राष्ट्रिय एवम् स्थानीय सबै पर्वमा सम्मानजनक ढङ्गले गाउँपालिकामा सार्वजनिक विदा दिने गरिएको छ”, उनले बताए । उनका अनुसार ल्होछारका अवसरमा गाउँपालिकाका विभिन्न स्थानमा विभिन्न साङ्गीतिक कार्यक्रमको आयोजना गरिनेछ ।    
    
यसअघि, यही माघ १ गते रितिरिवाज, चाडपर्व तथा संस्कृतिको जगेर्ना गर्ने जनाउँदै माघे सङ्क्रान्ति (माघी पर्व) का अवसरमा पाँचखाल र मण्डनदेउपुर नगरपालिका तथा महाभारत र रोशी गाउँपालिकाले सार्वजनिक सूचनामार्फत सार्वजनिक विदा दिएका थिए । रासस    

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको