Like us!
Follow us!
Connect us!
Watch us!

नक्कली नोट बोकेर हिँडेका दुई व्यक्ति पक्राउ

आइतबार, ०५ माघ २०७६, १६ : ४४ मा प्रकाशित

नक्कली नोट बोकेर हिँडेका दुई व्यक्ति पक्राउ

अर्थ संसार, काठमाडौं – प्रहरीले काठमाडौं महानगरपालिका – १४ कलङ्की चोकबाट नक्कली नोटसहित दुईजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको नेपाल प्रहरीको एक टोलीले रू एक हजार दरका ३१ थान नक्कली नोटसहित बाराका २७ वर्षीय अनुश थापामगर र २२ वर्षीय रवि आलेमगरलाई पक्राउ गरेको हो ।

नक्कली नोट झोलामा बोकेर हिँडिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिएका छन् ।

प्रहरीले घटनाकाे थप अनुसन्धान गरिरहेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको