Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि बैंकको धनगढी शाखा स्थानान्तरण र प्रदेश ७ मा कार्यालय सञ्चालन

अर्थ संसार

आइतबार, ०५ माघ २०७६, २२ : १२ मा प्रकाशित

एनएमबि बैंकको धनगढी शाखा स्थानान्तरण र प्रदेश ७ मा कार्यालय सञ्चालन

अर्थ संसार, काठमाडौं– एनएमबि बैंक लिमिटेडले चौराहा स्थित धनगढी शाखाको स्थानान्तरण तथा प्रदेश ७ को प्रदेश कार्यालय सञ्चालनमा ल्याएको छ ।

उक्त कार्यालयको समुदघाटन एनएमबि बैंकका सञ्चालकद्धय राजेन्द्र काफ्ले तथा प्रदिपराज पाण्डेले गर्नु भयो । सूदुर पश्चिममा अवस्थित उक्त प्रदेशका शाखाहरुमा सहजता प्रदान गर्न र बिकासका अवसरहरुको सिर्जना गरी सबै क्षेत्र र वर्ग सम्म बैकिङ्ग सेवाको पहुँच पर्याउने उद्देश्यले उक्त प्रदेश कार्यालयको स्थापना गरिएको प्रमुख कार्यकारी अधिकृत, सुनिल के.सी.ले बताउनुभयो ।

एनएमबि बैंकका हाल देश भरि १६३ शाखा, १३१ एटीएम, ५ एक्सटेन्सन काउन्टर मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ । बैंकले फाइनान्सियल टाइम्स लन्डनबाट सन् २०१७ र २०१८ मा लगातार दुई वर्षसम्म ‘बैंक अफ द इयर’ सम्मान पाएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको