Like us!
Follow us!
Connect us!
Watch us!

सिटी एक्सप्रेस मनी ट्रान्सफरको गण्डकी प्रदेश एजेन्ट मीट कार्यक्रम सम्पन्न

निशा हुमाँगाई

सोमबार, ०६ माघ २०७६, १७ : १० मा प्रकाशित

सिटी एक्सप्रेस मनी ट्रान्सफरको गण्डकी प्रदेश एजेन्ट मीट कार्यक्रम सम्पन्न

अर्थ संसार, काठमाडौं – सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत शनिबार आफ्नो गण्डकी प्रदेश लक्षित एजेन्टहरूको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम पोखरा स्थित पाँच तारे होटल पोखरा ग्राण्डमा सम्पन्न गरेको छ ।

यसैगरी, उक्त कार्यक्रममा, कास्की, बाग्लुङ्ग, म्याग्दी, पर्वत, तनहुँ, लम्जुङ्ग, स्याङजा, गोर्खा लगायतबाट ३०० भन्दा बढि एजेन्टहरूको सहभागिता रहेको थियो । सो कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन लगायत व्यवस्थापन समूहको उपस्थिति रहेको थियो ।

यस्तै, सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १३ वर्ष देखि विश्वभरी आफ्नो रेमिट एजेन्टहरूबाट ७५०० भन्दा बढी नेपालको एजेन्टहरू मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको