Like us!
Follow us!
Connect us!
Watch us!

युनाईटेड फाईनान्सले धमाधम लाभांश पठाउँदै, शेयरधनीलाई यस्ताे आग्रह (सूचनासहित)

निशा हुमाँगाई

मंगलबार, ०७ माघ २०७६, १२ : ०६ मा प्रकाशित

युनाईटेड फाईनान्सले धमाधम लाभांश पठाउँदै, शेयरधनीलाई यस्ताे आग्रह (सूचनासहित)

अर्थ संसार, काठमाडौं – युनाईटेड फाईनान्स लिमिटेडले आइतबार (माघ ५ गते) बाट आफ्ना शेयरधनीलाई धमाधम लाभांश पठाउन थालेकाे छ । कम्पनीकाे पुस २९ गते सम्पन्न २५ औँ वार्षिक साधारण सभाबाट पारित भएको ७.५२६ (करसहित) प्रतिशत नगद लाभांश हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा पठाएकाे छ ।

यस्तै, कम्पनीले हालसम्म पनि हितग्राही खातामा आफ्नाे बैंककाे खाता अपडेट नगरेका शेयरधनीलाई शिघ्र शेयर अभौतिकिकरण गराई हितग्राही खाता र बैंक खाताको विवरण बुझाउन आग्रह गरेको छ ।

कम्पनीकाे शेयर रजिष्ट्रार नबिल इन्भेष्टेमन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5e269878a732b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको