Like us!
Follow us!
Connect us!
Watch us!

ओली र मोदीले भिडियो कन्फ्रेन्स मार्फत आमने सामने, के कुरा भयो ? (भिडियो)

मिलन खड्का

मंगलबार, ०७ माघ २०७६, १२ : १६ मा प्रकाशित

अर्थ संसार, काठमाडौं-प्रधानमन्त्री के.पी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भिडियो कन्फ्रेन्स मार्फत मोरङको बुधनगरमा बनेको नेपाल भारत एकीकृत जाँच भन्सार विन्दु (आईसीपी)को उद्घाटन गरेका छन्। 

दुवै प्रधानमन्त्रीले एक अर्कालाई सम्बोधन पनि गरेका छन् । ओलीले नेपाल र भारतबीच रहेका समस्याहरु समाधान गर्ने समय आएको बताए। उनले समकक्षी मोदीलाई नेपाल भ्रमणको समेत निम्ता दिए।

नेपाल सरकारलाई भारत सरकारले सो चौकी निर्माण सम्पन्न गरी आज हस्तान्तरण गरेको हो । विराटनगर भन्सार कार्यालयदेखि पूर्व भारत सिमानासँग जोडिएको बुधनगरमा सो चौकी १२९ बिघा क्षेत्रमा तयार गरिएको छ । चौकी निर्माण गर्न भारत सरकारसँग सन् २००६ मै सम्झौता भए पनि यसको निर्माण सन् २०१६ देखि शुरु भएको हो । विराटनगर भन्सार कार्यालयबाट हुने सबै काम एकीकृत जाँचचौकीबाट शुरु भएपछि विराटनगर रानीसँग जोडिएर रहेको जोगबनी बजार पनि सहज हुने र सवारीको चाप स्वतः घट्ने छ ।

हेर्नुहोस कार्यक्रमको भिडियो 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको