Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्भेष्टमेन्ट बैंकले धमाधम लाभांश पठाउँदै, शेयरधनीलाई यस्ताे आग्रह

निशा हुमाँगाई

मंगलबार, ०७ माघ २०७६, १६ : १८ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट बैंकले धमाधम लाभांश पठाउँदै, शेयरधनीलाई यस्ताे आग्रह

अर्थ संसार, काठमाडौं – नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई धमाधम लाभांश पठाइरहेकाे छ । कम्पनीकाे पुस २८ गते सम्पन्न ३३ औँ वार्षिक साधारण सभाबाट पारित गरिएको ८.५ प्रतिशत नगद लाभांश पुस २४ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा पठाएकाे छ ।

त्यसैगरी, बैंकले आफ्नाे शेयर प्रमाणपत्र हालसम्म अभाैतिकिकरण (डिम्याट) नगरेका शेयरधनीहरुले यथाशीघ्र आफूले डिम्याट खाता खाेलेकाे सम्बन्धित निक्षेप सदस्य (डिपि) मा सम्पर्क गरी आफ्नाे शेयर प्रमाणपत्र अभाैतिकिकरण गरी नेपाल क्लियरीङ्ग हाउस अन्तर्गत IPS सदस्यता प्राप्त कुनैपनि बैंक तथा वित्तीय संस्थामा रहेकाे आफ्नाे खाता नम्बर सहितकाे विवरण अद्यावधिक गराउन आग्रह गरेकाे छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको