Like us!
Follow us!
Connect us!
Watch us!

कृषि औद्योगिक महोत्सवका लागि सचिवालय, प्रचारप्रसार र सुरक्षा उपसमिति गठन

निशा हुमाँगाई

मंगलबार, ०७ माघ २०७६, १७ : ०५ मा प्रकाशित

कृषि औद्योगिक महोत्सवका लागि सचिवालय, प्रचारप्रसार र सुरक्षा उपसमिति गठन

अर्थ संसार, काठमाडौं – दाङ चेम्बर अफ कमर्सको आयोजनामा आगामी माघ १० देखि २२ गते सम्म घोराहीमा आयोजना गर्न थालिएको ‘नेपाल भ्रमण वर्ष २०२० पर्यटन प्रबद्र्धन व्यापारिक एवं कृषि औद्योगिक महोत्सव–२०७६’ सफल बनाउन सचिवालय, प्रचारप्रसार समिति र सुरक्षा उपसमिति गठन गरिएको छ ।

महासचिव टिकादत्त खनाल ‘सागर’ को संयोजकत्वमा रहेको सचिवालयमा दीपक पाण्डे, सुदन केसी, पाण्डव शर्मा, आरके शितल, जंग रोका, देवबहादुर वली र तिलक रावतलाई चयन गरिएको छ ।

त्यसैगरी, सचिव कुमारराज श्रेष्ठको संयोजकत्वमा रहेको प्रचारप्रसार उपसमितिमा सदस्य सचिवको रूपमा नेपाल पत्रकार महासंघ दाङका कोषाध्यक्ष आरके शितललाई जिम्मेवारी दिइएको छ । उपसमितिको सदस्यहरूमा पाण्डव शर्मा, देवेन्द्र बस्नेत, प्रेम राम्जा, केशरमान विसी, जनक नेपाली, दशरथ घिमिरे, गिरिराज नेपाली, नविन अभिलाशि, लिलाधर वली, रिता लामा, छवि पुरी, निशानदाजु भट्टराई, सपना बोहोरा, दीपक जिएम, सुशिला वली, आभाष बुढाथोकी, देव यादव, देवी भण्डारी, सविता चौधरी, दीपक वली र दामोदर बस्नेत ‘राकेश’ रहनुभएको छ ।

त्यस्तै, सचिव श्रेष्ठकै संयोजकत्वमा रहेको शान्ति सुरक्षा उप–समितिमा सह–संयोजकको जिम्मेवारी विष्णुप्रसाद पुनलाई दिइएको छ । सुरक्षा उपसमितिको सदस्यहरूमा शरद अधिकारी, पाण्डव शर्मा र आरके शितल रहनुभएको छ ।

यस्तै, महोत्सवमा सञ्चारकर्मीहरूले सम्बन्धित सञ्चारगृहको परिचयपत्रकै आधारमा महोत्सव स्थलमा प्रवेशको व्यवस्था गरिएको छ । महोत्सवलाई मिडियामैत्री बनाउन र सञ्चारकर्मीहरूलाई सहज ढंगले रिपोर्टिङ गर्न सजिलो होस् भनेर सञ्चारगृहको परिचयपत्रकै आधारमा प्रवेशको व्यवस्था गरिएको संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।

यसैगरी, उपाध्यक्ष घनश्याम अधिकारीको संयोजकत्वमा रहेको कार्यक्रम तथा मञ्च व्यवस्थापन समितिमा पुरूषोत्तम खनाल र केएल पीडितलाई थप गरिएको छ ।

यस्तै, लक्ष्मी अधिकारीको संयोजकत्वमा रहेको शोभायात्रा तथा झाँकी जुलुश उपसमितिमा प्रकाशसिंह पुन देवा पाण्डेलाई थप गरिएको छ ।

त्यस्तै, विनोदकुमार पाण्डेको संयोजकत्वमा रहेको अतिथि सत्कार उप समितिमा घनश्याम घिमिरेलाई थप गरिएको छ ।

लोकदोहोरीमा प्रथम हुनेलाई २० हजार

महोत्सवको अवसरमा लोकदोहोरी गित प्रतियोगिता आयोजना गरिने भएको छ । प्रतियोगितामा प्रथम हुनेलाई नगद २० हजार रूपैयाँ, द्धितिय हुनेलाई १५ हजार र तृतियलाई १० हजार पुरस्कार राषि व्यवस्था गरिएको छ । प्रतियोगितामा एक समुहमा एक पुरूष र एक महिला मात्रै रहने व्यवस्था गरिएको छ ।

महोत्सव मूल आयोजक समितिले महोत्सव सफल वडा नं १४ र १५ का टोल विकास समिति प्रतिनिधहरूसँग छलफल गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको