Like us!
Follow us!
Connect us!
Watch us!

बुधबार कुन देशकाे विनिमयदर कति ?

निशा हुमाँगाई

बुधबार, ०८ माघ २०७६, १० : ४७ मा प्रकाशित

बुधबार कुन देशकाे विनिमयदर कति ?

अर्थ संसार, काठमाडौं – नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार आज (बुधबार) नेपाली बजारमा मलेसियन रिंगिट र कोरियन वन बाहेक सबै विदेशी मुद्राको भाउ बढेको छ । बुधबार एक अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ६३ पैसा र बिक्रीदर ११४ रुपैयाँ २३ पैसा रहेकाे छ ।

त्यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९ रुपैयाँ ७९ पैसा तोकिएको छ । त्यसैगरी, एक कतारी रियालको खरिददर ३१ रुपैयाँ २१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३७ पैसा रहेकाे छ ।

त्यसैगरी, बुधबार एक कुवेती दिनारको खरिददर ३७४ रुपैयाँ २१ पैसा र बिक्रीदर ३७६ रुपैयाँ १८ पैसा तोकिएको छ । आज एक बहराईन दिनारको खरिददर ३०१ रुपैयाँ ४० पैसा र बिक्रीदर ३०२ रुपैयाँ ९९ पैसा रहेकाे छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९० पैसा र बिक्रीदर २८ रूपैयाँ ०५ पैसा तोकिएको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २९ पैसा र बिक्रीदर ३० रुपैयाँ ४५ पैसा तोकिएको छ ।

यसका साथै, बुधबार एक युएई दिरामको खरिददर ३० रुपैयाँ ९३ पैसा र बिक्रीदर ३१ रुपैयाँ १० पैसा रहेको छ । यस्तै, ओमानी रियाल १ को खरिददर २९६ रुपैयाँ २२ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको