Like us!
Follow us!
Connect us!
Watch us!

४० महिना कोमाको शेयर बजार एकाएक उचालिदा कुचेष्टा राख्नेको चलखेल त होइन ?

बुधबार, ०८ माघ २०७६, १८ : १६ मा प्रकाशित

४० महिना कोमाको शेयर बजार एकाएक उचालिदा कुचेष्टा राख्नेको चलखेल त होइन ?

विगत केही दिन देखि मुलुकमा संचालित धितोपत्र कारोवार गर्ने एक मात्र संस्था नेपाल स्टक एक्सचेन्जको दुबै ( TMS तथा Off line trading system ) मा प्राविधिक गडवडी उत्पन्न भएको, System मा अधिक Heat भएको वा जानिबुझि नै यस्तो गराईएको भन्ने बिषयमा नेपाल पूँजीबजार लगानीकर्ता संघको गम्भिर ध्यानाकर्षण भएको छ ।

बिगत ४० महिना देखि कोमामा रहेको नेपाली पूँजीबजारमा केही हप्ताबाट देखिएको सुधार र उलेख्य कारोबारलाई देखेर सहन नसक्ने एक किसिमका बजार प्रति कुचेष्टा राख्ने समूहले चलखेल गर्न खोजेको हो की भन्ने हाम्रो संघले गम्भिर आशंका गरेको छ ।

लगानीकर्ताले निर्वाद रुपमा हेर्न पाउनु पर्ने Floor sheet , marketdepth लगाएतका option हरु हेर्न नमिल्ने , घरिघरि सिस्टम नै ह्याड. हुने गरेको पाईएको छ । करोडौ रुपैया खन्यायर भित्रायाईएको System मा करिव बिस हजार लगानीकर्ताले प्रत्यक्ष ( online trading system ) बाट र झण्डै १५ लाख लगानीकर्ताले अप्रत्यक्ष ( off line trading system ) वाट कारोबार गर्दा बारम्बार System मा यसो हुनु खेद जनक छ ।

'शेयर बजार बेयरिस ट्रेन्ड पुरा गरेर बुलिस ट्रेन्डमा छ,यो समय लगानीको लागि सुनौलो अवसर हो '- विश्लेष्क एस.पी. चौलागाई (भिडियो अन्तरवार्ता) 

केही लगानीकर्ताबाट यस्तो गम्भिर प्रकृतीको त्रुटीमा कतै आवाज नउठाउनुमा “सेयर बजारका नेताहरुको त संलगनता छैन” ! भनि गरिएको टिप्पणी प्रती हाम्रो संघ सचेत र चनाखो रहदै कुन निकायबाट वा बाहिय तत्वको ईसारामा यस्तो हर्कत भएको हो वा अधिक भार बहन क्षमतामा ह्रास आएको हो भन्ने विषयमा हामी सुक्ष्म रुपले अनुशन्धानमा तल्लिन रहेका छौ ।यस्तो निन्दनिय र खेद जनक कार्य जुनसुकै ब्यक्ति, निकाय र समूहबाट भएको रहेछ भने पनि हाम्रो संघले सत्यतथ्य के रहेछ भनि माथिल्लो निकाय सम्म पनि चासो राख्ने नै छ ।

अन्यमा ,

धितोपत्र बोर्डका अध्यक्ष  भिष्मराज ढुंगानालाई र नेप्से प्रमूख चन्द सिँह साउद  संगको प्रत्यक्ष भेटमा मैले विधमान System को बारेमा यस्तो यस्तो गडबडी भैरहेको छ , यसरी गडबडी उत्पन्न हुनु भनेको भित्रीया कारोवारीले प्रसय पाउनु जत्तिकै हुन जान्छ । त्यसैले यो समस्यालाई समयमै सम्बोधन गरियोस् भनिसकेको समेत आम लगानीकर्ता मित्रहरुमा जानकारी गराउन चाहन्छु । धन्यवाद ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको