Like us!
Follow us!
Connect us!
Watch us!

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्ताे छ बिहीबारकाे विनिमयदर

निशा हुमाँगाई

विहीबार, ०९ माघ २०७६, ११ : ३८ मा प्रकाशित

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्ताे छ बिहीबारकाे विनिमयदर

अर्थ संसार, काठमाडौं – नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार आज (बिहीबार) नेपाली बजारमा एक अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११४ रुपैयाँ २२ पैसा रहेकाे छ ।

त्यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९ रुपैयाँ ८१ पैसा तोकिएको छ । त्यसैगरी, एक कतारी रियालको खरिददर ३१ रुपैयाँ २१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३७ पैसा रहेकाे छ ।

त्यसैगरी, बिहीबार एक कुवेती दिनारको खरिददर ३७४ रुपैयाँ ६ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ३ पैसा तोकिएको छ । आज एक बहराईन दिनारको खरिददर ३०१ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३०२ रुपैयाँ ९७ पैसा रहेकाे छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९५ पैसा र बिक्रीदर २८ रूपैयाँ १० पैसा तोकिएको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २९ पैसा र बिक्रीदर ३० रुपैयाँ ४५ पैसा तोकिएको छ ।

यसका साथै, बिहीबार एक युएई दिरामको खरिददर ३० रुपैयाँ ९३ पैसा र बिक्रीदर ३१ रुपैयाँ १० पैसा रहेको छ । यस्तै, ओमानी रियाल १ को खरिददर २९५ रुपैयाँ ४८ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको