Like us!
Follow us!
Connect us!
Watch us!

एशियाकै लामो झोलुङ्गे पुलको निर्माणकार्य अन्तिम चरणमा

निशा हुमाँगाई

विहीबार, ०९ माघ २०७६, १६ : १५ मा प्रकाशित

एशियाकै लामो झोलुङ्गे पुलको निर्माणकार्य अन्तिम चरणमा

अर्थ संसार, काठमाडौं –  बागलुङ–पर्वत जोड्ने एशियाकै लामो झोलुङ्गे पुलको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । गत वर्ष चैतबाट शुरु भएको बागलुङ नगरपालिका–१ रामरेखा र कुश्मा नगरपालिका–१ पाङ अदुवाबारी जोड्ने ५६७ मिटरको झोलुङ्गे पुलमा स्टिल डिक (फ्याल) बिछ्याउने काम शुरु भएको हिमशिखर कन्ट्रक्शनका प्रतिनिधि नरहरि खड्काले जानकारी दिएका छन् ।

यस्तै, पुललाई आवश्यक २४ वटा लठ्ठा तानिसकेपछि त्यसमाथि स्टिलको फ्ल्याक बिछ्याउन थालिएकाे उनले बताए । फागुनभित्र फिटिङको काम सकिने समेत उनले बताएका छन् ।

त्यस्तै, कालीगण्डकी नदीमाथि बन्दै गरेको १३० मिटरको उचाईमा निर्माण गरिएको उक्त पुलको आयु ५० वर्ष हुने छ । पुल निर्माणपछि बागलुङ बजारसँग व्यवसायिक सम्बन्ध रहेको जलजला गाउँपालिकालाई सहज हुने बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जनाएका छन् ।

यसैगरी, उक्त पुल बागलुङ प्रवेशद्वार मालढुङ्गा बजार, मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर सडकखण्डको ठीकमाथि बन्ने भएकाले पर्यटकीय दृष्टिले महत्वपूर्ण हुने छ । ‘सस्पेन्सन’ पुल विभागमार्फत भएको खुल्ला बोलपत्र प्रक्रियाबाट निर्माणको जिम्मेवारी पाएको कम्पनीले रु छ करोड ९१ लाखमा ठेक्का सम्झौता गरेको हो । यो पुल एशियाकै लामो भएको निर्माण कम्पनीको दाबी छ ।

कञ्चनपुरको महाकाली नदीमा बनाइएको मल्टीस्पान प्रकृतिको चाँदनी–दोधारा पुल एशियामा लामो मानिए पनि यहाँको खुल्ला प्रकृतिको पहिलो हो । चाँदनी–दोधारा पुलमा १४-१५ वटा टावर राखेर बनाइएको छ । बागलुङमा बन्ने पुल खुल्ला आकाशमा बन्ने भएकाले यस प्रकृतिको पुल नेपालकै सबैभन्दा लामो रहेको निर्माण कम्पनीका प्रतिनिधि खड्काको भनाइ थियो । निर्धारित समयभन्दा छ महिना पहिलै पुल निर्माण सक्ने निर्माण कम्पनीको लक्ष्य छ । - रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको