Like us!
Follow us!
Connect us!
Watch us!

युनाईटेड ईन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ

अर्थ संसार

विहीबार, ०९ माघ २०७६, २२ : २९ मा प्रकाशित

युनाईटेड ईन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ

अर्थ संसार, काठमाडौं- युनाईटेड ईन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड, संचालक समितिको अध्यक्षमा वरिष्ठ उद्यमी रविभक्त श्रेष्ठ सर्वसम्मत चयन हुनु भएको छ ।

उहाँ यस कम्पनीको संस्थापक शेयरधनी श्री एन.ई ग्रुप प्रा.लि.का अध्यक्ष समेत रहनु भएको छ ।

बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिका बमोजिम बिहीबार अध्यक्ष श्रेष्ठले बीमा समितिका अध्यक्ष  चिरञ्जीवी चापागाईबाट सपथ लिनु भर्ई पदभार ग्रहण गर्नु भएको छ ।

अध्यक्ष श्रेष्ठले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन सहायक मन्त्री र नेपाल उद्योग बाणिज्य महासंघको अध्यक्ष समेतको जिम्मेवारी सफलतापूर्वक वहन गरिसक्नु भएको छ । देशको अर्थतन्त्रप्रति गहिरो रूचि राख्नु हुने अध्यक्ष श्रेष्ठ नेपालको निजी क्षेत्रको प्रतिविम्ब मानिनुहुन्छ ।

अध्यक्ष श्रेष्ठले युनाईटेड ईन्स्योरेन्स कम्पनीलाई नयाँ उचाईमा पुर्याउन आफु प्रतिवद्ध रहेको बताउनु भएको छ । कुशल व्यवस्थपकीय क्षमताका कारण समाजमा ख्याती कमाउनु भएका श्रेष्ठले संचालक समिति र सम्पूर्ण सेयरधनीहरूबीच सुमधुर सम्वन्ध विस्तार गरि युनाईटेड ईन्स्योरेन्सलाई देशकै उत्कृष्ट विमा कम्पनीका रूपमा स्थापित गर्नुहुने विश्वास गरिएको छ ।

साथै, अध्यक्ष श्रेष्ठले कम्पनीलाई पूर्ण व्यवसायिक रूपमा अगाडि बढाउन आफु प्रतिवद्ध रहेको बताउदै यसका लागि नियामक निकाय, सेयरधनी, विमित एवं शुभेच्छुकहरूबाट पूर्ण साथ र सहयोग प्राप्त हुने विश्वास पनि व्यक्त गर्नु भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको