Like us!
Follow us!
Connect us!
Watch us!

एभरेष्ट बैंकमा अध्यक्ष श्रेष्ठको खतरनाक काण्ड !

शुक्रबार, १० माघ २०७६, १० : १५ मा प्रकाशित

एभरेष्ट बैंकमा अध्यक्ष श्रेष्ठको खतरनाक काण्ड !

अर्थ संसार, काठमाण्डौं – नेपाल राष्ट्र बैंकले केही समयअघि एभरेष्ट बैंकलाई लाभांश वितरणमा रोक लगाएको थियो । लाभांश वितरणमा  रोग लगाउनुको एउटै कारण थियो, बैंकको अध्यक्ष बीके श्रेष्ठको नाउँमा राष्ट्र बैंकले तोकेको भन्दा अधिकतम संस्थापक सेयर हुनु । सोहीकारण राष्ट्र बैंकले एभरेष्ट बैंकलाई लाभांश वितरणमा रोक लगाएको थियो ।

नेपाली बैंकिङ क्षेत्रमा निकै नै बुढो र चतुर अध्यक्षको रुपमा चिनिएका श्रेष्ठ आफ्नो नाउँमा दढी अनुपातमा रहेको सेयर परिवारको अन्य सदस्य र आफन्तहरुको नाउँमा नामसारी गरे । राष्ट्र बैंकको ऐन नियमको धज्जी उडाउँदै आएका श्रेष्ठले उक्त समय आफ्नी कान्छी श्रीमती राधा श्रेष्ठ र भाई नेपालकृष्ण श्रेष्ठको नाममा रहेको सेयर आर्का नातेदार प्रतिमा श्रेष्ठको नाममा नामसारी गराएका थिए ।

त्यतिबेला राधा र नेपालकृष्ण श्रेष्ठको नाममाहेको बैंकको ७२ लाख ३६ हजार तीनसय ७५ कित्ता सेयर प्रतिमाको नाममा बिक्री गएिको थियो । प्रतिसेयर दई सय ६५ रुपैयाँको दरले एक अर्ब ९१ करोड ७६ लाख ३९ हजार तीन सय ७५ रुपैयाँको एभरेष्टको संस्थापक सेयर कारेबार भएको नेप्सेको रेकर्डमा देखिन्छ ।

ब्रोकर नं. ४९ को अनलाइन सेक्युरिटिज र ब्रोकर नं. ५४ को नासा सेक्युरिटिजमार्फत दुईपटकमा यो कारोबार भएको हो । यी दुई ओटा कारोबारमा मात्रै श्रेष्ठले नौ करोड रुपैयाँभन्दा धेरैको कर तिर्नु परेको थियो । प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यको सेयर प्रतिकित्ता दुई सय ६५ रुपैयाँमा कारोबार भएको मुनाफा देखिने प्रतिकित्ता एक सय ६५ रुपैयाँको सात दशमलव पाँच प्रतिशत पुँजीगत लाभकर बिक्री गर्नेले तिर्नुपर्नै हुन्छ ।

बैंकमा राधा श्रेष्ठको नाममा ५२ लाख ७७ हजार कित्ता र नेपालकृष्ण श्रेष्ठको नाममा ६३ लाख ४५ हजार कित्ता सेयर स्वामित्व रहेको छ । यसैगरी प्रतिमा श्रेष्ठको नाममा ४७ लाख ३२ हजार कित्ता सेयर रहेको थियो भने अध्यक्ष श्रेष्ठको नाममा ७३ लाख ७२ हजार कित्ता सेयर स्वामित्व रहेको थियो । केन्द्रित बैंकले यहि विवरणका आधारमा नियमभन्दा धेरै सेयर स्वमित्व राखेको भन्दै लाभांश वितरणमा रोग लगाएपछि श्रेष्ठले आफ्नो एकाघर परिवारका सदस्यहरुको नाउँमा रहेको धेरै सेयर बिक्री गरे ।

बीके श्रेष्ठको परिवार र नाता गोताभित्रै बैंकको ५० प्रतिशत भन्दा बढी सेयर स्वामित्वमा छ । राष्ट्र बैंकले एकाघर परिवारभित्र १५ प्रतिशत सेयर रहेको भन्दै वितरण रोग लगाएपछि श्रेष्ठले नजिकको नाता पर्ने प्रतिमालाई सेयर स्थानान्तरण गरेका थिए ।

यदि सम्बन्धीत निकायले श्रेष्ठले गरेका उक्त सेयर कारोबारको कर दाखिला खोज्ने हो भने श्रेष्ठ निकै ठुलो समस्यामा पर्ने देखिन्छ । अर्कोतर्फ यो समस्यामा प्रतिमा श्रेष्ठपनि तानिन सक्छन । श्रेष्ठको आर्थिक अवस्था एभरेष्ट बैंकको सेयरमा करोडौं रुपैयाँ लगानी गर्न सक्ने किसिमको छैन ।

यो अवस्थामा एभरेष्ट बैंकका अध्यक्ष श्रेष्ठले वर्षौदेखि जालझेल र अनेकौ तिकडम गरेर बैंकमा आफ्नो दबाब कायम गरेका छन । जसका लागि उनले आफ्नो आफन्तको नाउँमा करोडौं रुपैयाँ बराबरको सेयर नामसारी गरेका छन । यसरी नामसारी गरेको अथवा खरिद­बिक्री गरेको बारेमा सम्बन्धीत निकयले आमदानीको स्रोत खोज्ने हो भने एभरेष्ट बैंकमा अध्यक्ष बीके श्रेष्ठसँग जोडिएका हरेक व्यक्तिहरु समस्यामा पर्न दावी स्रोतले गरेको छ ।अमृतबजारबाट

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको