Like us!
Follow us!
Connect us!
Watch us!

समस्याको निराकरण विरोध मात्र हो र ?

शनिबार, ११ माघ २०७६, १५ : २७ मा प्रकाशित

समस्याको निराकरण विरोध मात्र हो र ?

केहिदिन अगाडि भुलवस सडकमा गलत साईड तर्फबाट सवारी चलाएको कारबाहीमा परेपछि लेखको माध्यमबाट ट्राफिक प्रहरीहरुको पिडाको अवगत गराउँदै प्रहरीहरुको सम्मान गरेकि थिएँ ।

हिजो प्रकियागत बिधिबाट ट्राफिक प्रहरीको ट्राफिक अनुशिक्षण र जनचेतनाको विशिष्टिकरण कार्यक्रम पश्चात महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्‍ठ उपरीक्षक (एसएसपी) भीम प्रसाद ढकालसँग सडकमा हुने समस्या न्यूनिकरणका सम्बन्धमा छलफल गर्दै थिएँ ।

ढकालले समस्यालाई  प्राथमिकतामा राख्दै समाधान तर्फ तदारुकताका साथ कार्यान्वायनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्दै उहाँले भन्नुभयो । “यो विषय तपाईँ हामि सबैको उत्तरदायित्वको बिषय हो । यस्का लागि तपाईँ बाट सहयोगको अपेक्षा चाहँन्छु ” ।

सामाजिक जागरणका लागि सचेतनामुखी विविध प्रभावकारी कार्यक्रमहरू सन्चालन गर्न यस्ता अभियानमा राजनीतिक पार्टीहरू, सामाजिक संघ संस्थाहरू, नागरिक समाज सबैले पनि साथ दिन जरूरीको महशुश गर्दै मैले सोचे यो मेरो पनि सामाजिक उत्तरदाईत्वको एक अंश थियो, र आफ्नो भुमिका निर्वाह गरे ।

केहि नकरात्मक सोच भएका बिद्वानबाट तिललाई पहाड बनाउँने ब्यक्तिको प्रतिक्रियाबाट लाग्छ मानौं हामि बिच पुस्तौनी  दुष्मन हौं र पानि बराबर छ हामि बिचमा । कति विवेकहीन आवेग पोख्नु भएको ? के मैले गलत साइडबाट सवारी चलाएकोमा मलाई कारबाही हुनु गलत भयो भन्दैँ  प्रहरी बिरुद्ध जानु पर्ने थियो ? आफुले गरेको गल्तीलाई स्विकार गर्नु  जिमेवार व्यक्तिको दायित्व भित्र पर्दैन र ?

म विनम्रता पुर्वक अनुरोध गर्दछु । सामाजिक प्राणि भएको नाताले आ-आफ्नो तह र तप्काबाट सहयोग गर्नुहोस।  सक्नुहुन्न भने हरेक कुराको विरोध गर्ने बानि हटाउँनुहोस । समस्या को निराकरण विरोध मात्र होइन । ”यो काम मेरो होइन, प्रहरी प्रशासनको हो ।” भन्ने हाम्रो मानसिकता कति गैरजिम्मेवार ? कति अमानवीय र संवेदनाविहीन ? देश सम्बृद्ध वनाउँन प्रहरी, प्रशासन र नेतागण बाट मात्र सम्भव छैन, सचेत र सभ्य नागरिकको कर्तव्य पनि हुन जान्छ ।

युवा भनेको सिंगो देश बोक्नसक्ने बलियो मेरुदण्ड हुन् आफैंमा एउटा उर्जाशिल शक्तिले भरिएको युगको सुन्दर बिहानी हुन् । अहिले समाजमा सकारात्मक सन्देश फैलाउनभन्दा नकारात्मक क्रियाकलापलाई भाइरल गरेर कसैको जीबनको हाँसीमज्जा उडाउन र उसको जीबन नै तहसनहस गर्न कसैले नभेट्ने भैसकेछौं हामी ।

यस्ता झिना मसिना कुराबाट म  आफ्नो सामाजिक उत्तरदायित्व वाट कहिल्यै पछि हट्ने छैन् ।यस मान्यतामा म ढृण छु ।

आलोचना गरेर अरूको उछित्तो काढ्न निक्कै सजिलो हुन्छ । तर, त्यही कुरा आफ्नो जीवनमा लागू गर्न निक्कै कठिन हुन्छ । समाजमा ज्ञान र विज्ञान प्रयोग गरौं । सामाजिक उत्तरदायित्व  बहन गरौं ,धन्यवाद ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको