Like us!
Follow us!
Connect us!
Watch us!

बिचल्लीमा हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरु

आइतबार, १९ माघ २०७६, ०५ : १८ मा प्रकाशित

बिचल्लीमा हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरु

पछिल्लो समयमा लगानिकर्ताहरुको आकर्षण हाइड्रोपावर कम्पनिहरुमा घट्दै गएका छन भन्दा  पनि फरक नपर्ला । एकत पछिल्लो समयमा जारि भएका हाइड्रोपावर कम्पनिका प्राथमिक शेयरहरु बिक्न छाडेका छन भने दोश्रो बजारमा पनि हाइड्रोपावर कम्पनिको शेयरमको मूल्यमा गिरावत आइरहेका छन ।

नेप्सेमा ३३ वटा हाइड्रोपावर कम्पनिहरु सुचिकृत भएका छन जस मध्ये १ दर्जन भन्दा बढि कम्पनिहरुको शेयर मुल्य रु सय भन्दा मुनि छन ।

दोश्रो बजारमा नै हाइड्रोपावर कम्पनिहरुको शेयर आधार मूल्य फेस भ्यालु   भन्दा घटेको देखिन्छ । दोश्रो बजारमा कतिपय हाइड्रोपावर कम्पनिहरुको शेयर रु १ सय भन्दा तल छ ।

यसकारणले पनि हाइड्रोपावर कम्पनिका शेयरधनिहरु  चुलुम्म डुबेका छन भन्दा पनि फरक नपर्ला । पछिल्लो समयमा हाइड्रो पावर कम्पनिका शेयरधनिहरु पिडित हुन पुगेका छन ।

नेप्सेमा ३३ वटा हाइड्रोपावर कम्पनिहरु सुचिकृत भएका छन जस मध्ये १ दर्जन भन्दा बढि कम्पनिहरुको शेयर मुल्य रु सय भन्दा मुनि छन । यसले पनि अनुमान लगाउन सकिन्छ हाइड्रो पावर कम्पनिका प्राथमिक शेयरका लगानिकर्ताहरु समेत नोक्सानिमा रहेका छन ।

त्यसोत कतिपय हाइड्रोपावर कम्पनिहरु निर्माणाधिन अबस्थामा नै रहेका छन भने कतिपय कम्पनिहरु घाटामा भइरहेका छन । यी बिभिन्न कारण्ले कतिपय हाइड्रोपावर कम्पनिहरुले लगानिकर्ताहरुलाइ लाभाश समेत दिन सकिरहेका छैनन् भने कतिपय कम्पनिहरुले बार्षिक साधारणसभा समेत गर्न सकिरहेका छैनन । लाभाश घोषण गरेका कतिपय कम्पनिहरुको लाभाश न्युन मात्र रहेका छन ।

त्यसो त कतिपय लगानिकतारुले हाइड्रोपावर कम्पनिहरुको शेयरको भाउ घटिरहेकको छ भनेर आँटिएर घटेको भाउमा शेयरहरु बिक्रि गर्ने गरेको कारणले पनि कतिपय लगानिकर्ताहरु ले नोक्सानि ब्यहोर्न परीरहेका छन ।

आर्थिक बर्ष २०७५/०७६ को लाभाश दिने कम्पनिहरुमा बुटवल पावर कम्पनिले २८ प्रतिशत चिलिमे हाइड्रोपावरले २५ प्रतिशत सानिमा माइ हाइड्रोपावरले १० प्रतिशत प्रतिफल दिएका छन भने अरु केहि हाइड्रोपावर कम्पनिहरुले ३ देखि ७ प्रतिशतको हाराहारिमा लाभाश दिएका छन भने कतिपय हाइड्रोपावर कम्पनिहरु नोक्सानिमा नै रहेका पनि छन त्यसोत हाइड्रोपावर कम्पनिका लगानिकर्ताहरुले प्रतिफल पाउनका लागि केहि बर्ष ढिलो हुने गरेका पनि छन ।

जसका कारणले हाइड्रोपावर कम्पनिका शेयरधनिहरुलाइ दोहोरो मार पर्ने गरेका छन । एकातिर दोश्रो बजारमा शेयरको भाउ घट्ने गरेका छन भने अर्काे तिर कम्पनिबाट लाभाश समेत पाउन सकिरहेका छैनन ।

त्यसोत पछिल्लो समयमा शेयरबजारमा हाइड्रो पावर कम्पनि समहको मात्र नभइ अरु समहहरुको पनि दोश्रो बजारमा शेयरको मुल्य राम्रो नभइरहेका अबथ भने रहेका छन ।

त्यसोत हाइड्रोपावर । कम्पनिहरुको नियमन गर्ने निकाय नभएको कारणले पनि कतिपय कम्पनिहरुले चलखेल पनि गर्ने गरेको बताउछन सरोकारवालाहरु । त्यसोत केहि हाइड्रोपावर कम्पनिहरुले हकप्रद शेयर जारि गर्ने एफ पि ओ जारि गर्ने भनेर शेयरबजारमा चलखेल गरेको पनि देखिन्छ ।

हकप्रद शेयर र एफ पि ओ जारि गर्ने भनेर घोषणा गरेका हाइड्रो पावर कम्पनिहरुले जारि गर्न सकिरहेका छैनन । त्यसो त शेयरबजारमा र हाइड्रो पावर कम्पनिहरुमा केहि हाइड्रोपावरका माफियाहरुको कारणले पनि लगानिकर्ताहरुले नोक्सानि ब्यहोर्न परिरहेका भनेर चर्चा पनि नचलेको भने होइन ।

त्यसो त कतिपय लगानिकतारुले हाइड्रोपावर कम्पनिहरुको शेयरको भाउ घटिरहेकको छ भनेर आँटिएर घटेको भाउमा शेयरहरु बिक्रि गर्ने गरेको कारणले पनि कतिपय लगानिकर्ताहरु ले नोक्सानि ब्यहोर्न परीरहेका छन ।

यसकारणले पनि हाइड्रोपावर कम्पनिका शेयर उकालो लाग्न नसकेको पनि भनाइ रहेका छन सरोकारवालाहरुको । यसमा शेयरधनि लगानिकर्ताहरुनै सचेत हुनु पर्ने देखिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको