Like us!
Follow us!
Connect us!
Watch us!

प्रगति गर्दै कृषि विकास बैंक, दोस्रो त्रैमाससम्म आइपुग्दाकाे नाफा डेढ अर्ब नाघ्यो

निशा हुमाँगाई

मंगलबार, २१ माघ २०७६, १३ : ४५ मा प्रकाशित

प्रगति गर्दै कृषि विकास बैंक, दोस्रो त्रैमाससम्म आइपुग्दाकाे नाफा डेढ अर्ब नाघ्यो

अर्थ संसार, काठमाडौं – कृषि विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार बैंकले दोस्रो त्रैमाससम्म आइपुग्दा १ अर्ब ५८ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ ।

 उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा २२.८० प्रतिशत धेरै हाे । गत वर्ष बैंकले  १ अर्ब २८ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियाे ।

त्यसैगरी, दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकले ३ अर्ब १७ करोड १६ लाख रुपैयाँ खुद व्याज आम्दानी गर्न सफल भएकाे छ । उक्त व्याज आम्दानी गत वर्षकाे तुलनामा ९.२५ प्रतिशत कम हो ।

यस्तै, बैंककाे प्रतिशेयर आम्दानी ३१ रुपैयाँ ४७ पैसा रहेको छ । उक्त आम्दानी गत वर्षकाे तुलनामा ६.५१ प्रतिशत धेरै हाे । गत वर्ष यसै अवधिमा बैंककाे प्रतिशेयर आम्दानी २४ रुपैयाँ ९६ पैसा रहेकाे थियाे ।

यसैगरी, पुस मसान्तसम्ममा बैंकले सञ्चालन नाफा १६.०७ प्रतिशतले बढाएर १ अर्ब ९८ करोड ४४ लाख रूपैयाँ पुर्याएकाे छ । गत वर्षकाे यसै अवधिमा बैंककाे सञ्चालन नाफा १ अर्ब ७० कराेड ९५ लाख रहेकाे थियाे । 

बैंक​ले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :

5e3924fb235e2.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको