Like us!
Follow us!
Connect us!
Watch us!

ओर्लियाे शेयर बजार

निशा हुमाँगाई

मंगलबार, २१ माघ २०७६, १४ : ५९ मा प्रकाशित

ओर्लियाे शेयर बजार

अर्थ संसार, काठमाडौं – आज (मंगलबार) शेयर बजार १२.०९ अंकले घटेकाे छ । कुल १७६ वटा कम्पनीको ४९ लाख ४९ हजार १५ कित्ता शेयर खरिदविक्री हुँदा १ अर्ब ५७ करोड १ लाख ६६ हजार १६३ रुपैयाँको कारोबार भएकाे छ ।

१३४९.१३ विन्दुबाट सुरु भएको नेप्से इन्डेक्स  शेयर बजार बन्द हुँदासम्म घटेर १३३७.०४ अंकमा आइपुगेको छ ।

मंगलबार विकास बैंक ५.०१ अंक, फाइनान्स ०.७३ अंक, निर्जिवन लाइफ २८.७९ अंक र अन्य ०.९ अंकले बढेकाे छ । 

यसैगरी, बैंकिङ १३.९८ अंक, व्यापार ७.७२ अंक, हाेटल ७४.२३ अंक, जलविद्युत १६.४८ अंक, उत्पादन ११.५५ अंक, माइक्राेफाइनान्स २२.८८ अंक, लाइफ इन्स्योरेन्स ७६.६१ अंक र सामूहिक लगानी कोष समूह ०.१४ अंकले घटेकाे छ । 

 

5e393b903b746.jpg 5e393b95098e4.jpg 5e393b9904022.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको