Like us!
Follow us!
Connect us!
Watch us!

रिडी हाइड्रोपावरकाे नाफा १५१.६८ प्रतिशतले बढ्याे

निशा हुमाँगाई

आइतबार, २६ माघ २०७६, १६ : ४५ मा प्रकाशित

रिडी हाइड्रोपावरकाे नाफा १५१.६८ प्रतिशतले बढ्याे

अर्थ संसार, काठमाडौं –  रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीले दोस्रो त्रैमाससम्म आइपुग्दा २ करोड १९ लाख ४० हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ ।

उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा १५१.६८ प्रतिशत धेरै हाे । गत वर्ष कम्पनीले ८७ लाख १७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियाे ।

यस्तै, कम्पनीकाे प्रतिशेयर आम्दानी ४ रुपैयाँ १३ पैसा रहेको छ । त्यसैगरी, कम्पनीको प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ ७० पैसा रहेकाे छ ।

कम्पनी​​ले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :

5e3fe67050d1d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको