Like us!
Follow us!
Connect us!
Watch us!

पपुआ न्यु गिनीमा शक्तिशाली भूकम्प

अर्थ संसार

आइतबार, २६ माघ २०७६, १७ : २३ मा प्रकाशित

पपुआ न्यु गिनीमा शक्तिशाली भूकम्प

अर्थ संसार, सिड्नी– पपुआ न्यु गिनीमा आइतबार ६.२ म्याग्नीच्यूडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । भूकम्प निकै शक्तिशाली भए पनि कुनै सुनामीको चेतावनी दिइएको छैन ।

युएसजिएसका अनुसार पपुआ न्यु गिनीको राजधानीबाट करिब १२२ किलोमिटर दक्षिणस्थित कोकोपोलाई केन्द्र बनाएर स्थानीय समय अनुसार अपराह्न ४ बजे भूकम्प गएको थियो ।

अस्ट्रलियाली भूगर्भ वैज्ञानिक ट्रेभर आलेनले भूकम्पको गहिराई कम रहेकाले तटीय क्षेत्रका मानिसले भूकम्पको ठूलै झट्का महशुस गरेको हुन सक्ने बताउनुभयो ।

मानव बस्ती पातलो रहेको र घरहरुको बनावट भूकम्प प्रतिरोधी रहेकाले धनजनको क्षति कम हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । पपुआ न्यु गिनी भूकम्पीय उच्च जोखिममा रहेको मुलुक हो । रासस/एएफपी

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको