Like us!
Follow us!
Connect us!
Watch us!

बिग बैंकहरु बिग मर्जर गर्न नचाहेको हो ?

सोमबार, २७ माघ २०७६, १० : २८ मा प्रकाशित

बिग बैंकहरु बिग मर्जर गर्न नचाहेको हो ?


पछिल्लो समयमा बैकिङ क्षेत्रमा र शेयर बजारमा बिग बैंकहरुको बिग मर्जरको चर्चा चलिने रहेका छन । त्यसो त कतिपय बैंकरहरु बिग बैंकहरुको बिग मर्जर हुनमा राम्रो हो भनेर भनिरहेका पनि छन् ग्लोबल आइ एम इ बैंक र जनता बैंकको  सफल मर्जरको उदाहरण पनि दिने गरिरहेका छन ।

तर, यस्तो भन्ने बैंकरहरु नै मर्जरमा जान नचाहेको जस्तो देखिन्छ । नेपाल राष्ट्र   बैंकले बिग  बैंकहरुलाई बिग मर्जरमा जानको लागि दवाब दिइ रहेतापनि बिग बैंकहरु भने बिकास बैक र फाइनान्स कम्पनीहरुलाई एक्वायरगर्ने गरिरहेका छन । बिग मर्जर रामे हो भन्नेहरुले पनि नेपाल राष्ट्र  बैंकको बिग मर्जरको दवाबलाइ टोपी लगाउदै छन तर आफ्नो भनाइमा भने बिग बैंकहरुको बिग मर्जर बैकिङ क्षेत्रको लागि राम्रो हो भनिरहेका छन ।

त्यसो त केहि बैंकहरु भने बिग मर्जरमा गएर पुँजीमात्र बृद्धि गरेर बैंक रामे बलियो हुने होइन भनेर पनि भन्ने गरेका छन । नेपाल राष्ट्र  बैंकले बाणिज्य बैंकहरुको सख्या घटाउनको उदेश्यले बेला बेलामा बिभिन्न निति निर्देशन दवाबहरु दिने गरिरहेका छन् । कहिले बैंकहरुको चुक्तापुँजी ४ सय प्रतिशतले बढाउन, कहिले मर्जरमा जान दवाब दिइरहेका छन  । तर बाणिज्य बैंकहरु भने बैंकहरुको सख्या घटाउनको  सट्टा बिकास बैंक र फाइनानस कम्पनिहरुको सख्या घटाउँदै छन । बाणिज्य बैंकहरुले बिकास बैंक र फाइनान्स कम्पनिहरुलार्इ एक्वायर गरेर यिनिहरुको सख्यालार्इलाई न्यून पार्ने काम गरिरहेका छन ।

पछिल्लो समयमा बिग बैंकहरु बैंक तथा बित्त कम्पनीहरुलाई एक्वायर गर्ने गरिरहेका छन । पछिल्लो समयमा नेपाल इन्भेष्टमेण्ट बैंकले सिटि एक्सप्रेस फाइनान्सलाइ एक्वायर गर्ने प्रकृयामा रहेका छन भने बिग बैंक कुमारी बैकले बिकास बैंक देव बिकास बैंकलार्इ एक्वायर गर्ने प्रकृयामा रहेको छ । त्यसो त नेपाल राष्ट्र  बैंकले निर्देशन दिएको पुँजी पुर्याई सकेका अनि राम्रो पर्फमेन्स पनि दिइ रहेको देव विकास बैंकले किन कुमारी बैंकमा समाहित हुन पुगेको भन्ने पनि चर्चाहरु चलेका छन । त्यसैगरि सनराइज बैंकले सृजना फाइनान्सर्लाइ एक्वायर गर्ने प्रकृयामा रहेका छन ।

मेगा बैंकले गण्डकि विसका बैंकलाई ,प्राइम बैंकले सहयोगि विकास बैंकलाई एक्वायर गर्ने प्रकृयामा रहेका छन । यस कारणले अब के ठुला बैंकहरुले साना बैंक तथा बित्त कम्पनीहरुलाई बाच्न नै नदिने हो कि भनेर पनि चर्चाहरु नचलेका होइनन । त्यसो त पछिल्लो समयमा बिग बैंकहरुले बैंक तथा बित्त कम्पनीहरुलाई गाभ्ने लहर हो कि रहर नै चल्न थालेका छन । कतै ठुला माछाहरुले साना माछाहरुलाइ स्वतन्त्र रुपमा बाच्न नै नदिने भएको त छैन भनेर पनि चर्चाहरु लगानीकर्ताहरु माझ चलने गरेका छन ।

चाहे राजनितिक क्षेत्रमा होस चाहे भ्रष्टाचारहरुलाइ कारवाहि गर्नेमा होस्, चाहे बैंकिङ क्षेत्रमा होस । नेपाल राष्ट्र  बैंकको अबिबेकि निर्णयले गर्दा बाणिज्य बैंकहरुको सख्या घटाउने आकाक्षाले विकास बैंकहरु र फाइनान्स कम्पनीहरु सोत्तर हुन लागेका छन भनेर पनि बैकिङ्ग क्षेत्रमा चिन्ति हुन थालेका छन । नेपाल राष्ट्र  बैंक बिग बैंकहरुको सख्या घटाउन भानहिरहेका छन भने बिग बैंकहरु भने विकास बैंक र फाइनान्स कम्प्नीहरु घटाउने तिर लागि परेका छन । नेपाल राष्ट्र  बैकको लागि आफु ताक्ने मुढो, बन्चरो ताक्छ बुढो भन्ने उखान जस्तै भएका छन ।

त्यसो त अधिकाश लगानिकर्ताहरु पनि शेयरधनिहरुको बिचार पनि बैंकहरु एक आपसमा गाभ्ने र गाभिनेमा नरहेको पनि देखिन्छ । बैंकहरु एक आपसमा गाभ्ने गाभिनेमा आम लगानिकर्ताहरु उत्साहित नरहेको पनि देखिन्छ  । आमलगानिकर्ताहरुको भनाइमा बैंकहरु एक आपसमा गाभ्ने गाभिने गर्दा धेरै जसो लगानिकर्ताहरुलाइ नोक्सानी हुने गरेको पनि बताउँछन लगनीकर्ताहरुले ।

बैंकहरु मर्जर प्रकृयामा रहदा आफना शेयरहरु ब्लक हुने बजारमा शेयरको कारोबार नहुने, मर्जर प्रकृया भाड्ने भाडिने मर्जर प्रकृया लम्बिने र त्यस अबधिमा शेयरको भाउमा तल माथि हुने बैंकको ब्याजमा पनि तलमाथि हुने कारणले लगानिकर्ताहरुलाई नोकसानि हुने कारणले लगानिकताहरु मर्जर प्रति त्यति उत्साहित नभएको र मर्जर नभएको नै जाति भन्ने भनाइ पनि कतिपय लगानिकर्ताहरुको भनाइ रहेका छन ।

त्यसो त नेपाल राष्ट्र  बैंकले बैंकहरुलाई किन बिग मर्जरमा जानको लागि दवाब दिने गरकेो होला भन्ने पनिआम शेयरधनिहरु बिचचर्चा भइरहेका छ । के त नेपालको लागि २७ वटा बिग बैंकहरु बढिभय कै हो त ? नेपालको लागि २७ वटा बैंक नै बढि भएको भए किन भकाभक लाइसेन्स दिएको त ?  भन्ने पनि चर्चाहरु  चल्ने गरेका छन् ।  कतिपयको भनाइमा बिदेशि बैकहरुलाइ नेपालमा भित्राउनको लागि स्वदेशि बैंकहरुलाइ घटाउन लागेको हो भन्ने पनि चर्चा छ पछिल्लो समयमा भारतको  एक चर्चित बैंक नेपालमाआउने पनि बजारमा चर्चा चलिरहेका छन ।

जब–बिग बैंकहरुलाई  नै मर्जरमा जान इच्छा छैन, शेयरधनीहरु पनि बिग मर्जर प्रतित्यति उत्साहित छैन भने नेपाल राष्ट्र  बैंकले दवाब दिएर मात्र पनि केहि हने छैन भन्ने पनिचर्चाहरु नभएका होइन ।यदि बिग बैंकहरुलाई मर्जरमा जाने आवश्यक नै भए बिना दवाब पनि त मर्जरमा गएका छन नि ।  पहिलो समयमा ग्लोबल बैंकले कमर्स एण्ड ट्रष्ट कैंकको मर्जर भएकै थियो । त्यसैगरि नेपाल इण्ड्रष्टियल बैंक र बैंक अफएशिया बैकको मर्जर भएकै थियो । बैंक अफ काठमाडौ बैंकले लुम्बिनि बैंकसँग मर्जर गरेकै थियो  । त्यसैगरि प्रभु बैंकले ग्राण्ड बैंकसँग  मर्जर गरैकै थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको