Like us!
Follow us!
Connect us!
Watch us!

दोस्रो त्रैमाससम्म आइपुग्दा लुम्बिनी विकास बैंककाे नाफा २५ करोड २१ लाख

निशा हुमाँगाई

सोमबार, २७ माघ २०७६, १२ : ३७ मा प्रकाशित

दोस्रो त्रैमाससम्म आइपुग्दा लुम्बिनी विकास बैंककाे नाफा २५ करोड २१ लाख

अर्थ संसार, काठमाडौं – लुम्बिनी विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार बैंकले दोस्रो त्रैमाससम्म आइपुग्दा २५ करोड २१ लाख रुपैयाँ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ ।

उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा ०.७० प्रतिशत धेरै हाे । गत वर्ष बैंकले २५ करोड ३ लाख ९४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियाे ।

त्यसैगरी, दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकले ५८ करोड ४८ लाख रुपैयाँ खुद व्याज आम्दानी गर्न सफल भएकाे छ । उक्त व्याज आम्दानी गत वर्षकाे तुलनामा १६.५८ प्रतिशत धेरै हो ।

यस्तै, बैंककाे प्रतिशेयर आम्दानी  १८ रुपैयाँ ५७ पैसा रहेको छ । त्यसैगरी, बैंकको प्रतिशेयर नेटवर्थ १५० रुपैयाँ ६५ पैसा रहेकाे छ ।

यसैगरी, पुस मसान्तसम्ममा बैंकले सञ्चालन पनि बढाएर ३६ करोड १६ लाख रुपैयाँ पुर्याएकाे छ । 

बैंक​ले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :

5e4109c87a10a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको