Like us!
Follow us!
Connect us!
Watch us!

‘भिजिट मधेस–२०२० एण्ड बियोण्ड’ को उद्घोष कार्यक्रम २२ वटै जिल्लामा सम्पन्न

निशा हुमाँगाई

मंगलबार, २८ माघ २०७६, १४ : ५२ मा प्रकाशित

‘भिजिट मधेस–२०२० एण्ड बियोण्ड’ को उद्घोष कार्यक्रम २२ वटै जिल्लामा सम्पन्न

अर्थ संसार, काठमाडौं – गत पुष २२ गते काठमाडौंस्थित् रिपोर्टर्स क्लब नेपालबाट घोषणा गरिएको ‘भिजिट मधेस–२०२० एण्ड बियोण्ड’ को उद्घोष तथा अन्तरक्रिया कार्यक्रम तराई र मधेसका २२ वटै जिल्लामा सफलतापूर्वक सम्पन्न भएको छ ।

यसैगरी, उक्त अभियानका राष्ट्रिय संयोजक ओमप्रकाश सराफले दिएको जानकारी अनुसार आफूहरूले घोषणा गरेको उद्घोष तथा सरोकारवालाहरू सँगको अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो । उनका अनुसार उक्त कार्यक्रम पूर्वको झापादेखि पश्चिम कञ्चनपुरसम्म आयोजना गरिएको थियो ।

त्यसैगरी, नेपाल आएका विदेशी पर्यटकहरूको कम्तिमा एक तिहाईलाई मधेस भ्रमण गराउने उद्देश्यका साथ ‘भिजिट मधेस नेपाल–२०२०’ घोषणा गरिएको छ । विगत अढाई वर्षदेखि सञ्चालनमा रहेको उक्त अभियानलाई आयोजकले यो वर्षपनि निरन्तरता दिएको छ । ‘भिजट मधेसबिना भिजिट नेपाल अपुरो’ हुने आयोजको विश्वास छ ।

यस्तै, तराई र मधेसको २२ वटै जिल्लालाई जोड्दै पर्यटनमैत्री वातावरण निर्माण गर्ने ‘भिजिट मधेस नेपाल’ अभियान नागरिकस्तरबाट विगत २ वर्षदेखि जारी रहेको आयोजकले जनाएको छ । विज्ञप्तीमा थप भनिएको छ,‘यसले नेपालभित्र रहेका तराई–मधेसका पर्यटकीय गन्तव्य, संस्कृति, खानपान, रहनसहन, भेषभुषा एवं विशेषताहरूलाई विभिन्न किसिमको कार्यक्रम सञ्चालन गरि राष्ट्रिय र अन्तराष्ट्रियस्तरमा प्रर्वद्धन एवं चिनाउदै अगाडि बढिरहेको छ ।

त्यस्तै, यो अभियानको लागि तराई मधेसको २२ वटै जिल्लामा जिल्ला, प्रदेश एवं राष्ट्रियस्तरको टिम स्वयंसेवकको रूपमा पर्यटनमैत्री वातावरण निर्माणमा लागेका छन्। साथै टिमहरूले आफ्नो जिल्ला, गाउँ–ठाउँका पर्यटकीय गन्तव्यहरूको बारेमा अध्ययन तथा अनुसन्धान र प्रचारप्रसार गर्ने कामहरू गरिरहेका छन् ।’ आयोजकका अनुसार अहिलेसम्म १२ वटा अन्य देशहरूमा पनि ग्लोबल रूपमा टिमहरू प्रवर्द्धनमा लागेका छन्।

यसैगरी, आन्तरिक एवं बाह्य पर्यटकहरूको सुबिधाको लागि भिजिट मधेसको डिजिटल प्लेटफर्म वेबसाईट visitmadhesh.com एवम् visitmadhesh को मोबाइल एप्स पनि तयार गरिएको र सो डिजिटल प्लेटफर्मबाट सेवाहरू बुकिङ, खरिद र बिक्री गर्नसक्ने अत्याधुनिक सुबिधा रहेको आयोजकको भनाई छ । 

त्यस्तै, यो अभियानको ग्लोबल कोर्डिनेटर प्रमोद राज सराफ छन् भने नेसनल कोअर्डिनेटरको रूपमा ओमप्रकाश सराफले नेतृत्व गरेका छन् । कार्यक्रममा भिजिट मधेस नेपालका राष्ट्रिय संयोजक ओमप्रकाश सराफले तराई र मधेसको पर्यटन प्रर्वद्धन बिना समग्र नेपालको पर्यटन क्षेत्रको विकास र समृद्धि असम्भव रहेको बताएका छन् । 

यसैगरी, क्लबमा आयोजित उक्त कार्यक्रममा भिजिट मधेस नेपालका ग्लोबल कोअर्डिनेटर प्रमोद राज सराफले प्रविधिलाई भरपुर उपयोग गरेर भिजिट मधेस नेपाल अभियानलाई अघि बढाएको स्पष्ट पारेका थिए । उनले त्यतिबेला भनेका थिए,‘आजको युग २१औं शताब्दीको युग भएकोले यो शताब्दी भनेको प्रविधिको युग हो । प्रविधिको उपयोग गरेर हामीले कुनैपनि क्षेत्रको विकास, उत्थान, गर्न सक्छौं । थोरै समय खर्चिएर चाँडै काम सम्पन्न गर्न सक्छौं ।’

त्यस्तै, राष्ट्रिय संयोजक सराफले आफूहरूको अभियानमा साथ, सहयोग र सहकार्य सबैलाई धन्यवाद दिएका छन् । उनका अनुसार २२ वटै जिल्लामा आफूहरूलाई न्यानो आतिथ्यता प्रदान गरिएको थियो । उनले भने,‘हामीले यो कार्यक्रम लिएर जहाँ जहाँ पुग्यौं, त्यहाँका जनतामा पनि निकै उत्साह देखिएको थियो । उहाँहरूले यो अभियानप्रति सकारात्मक प्रतिक्रिया दिनुभएको थियो । हामी सबैप्रति आभारी छौं ।’

5e4278ffc473d.jpg 5e42790e3aff5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको