Like us!
Follow us!
Connect us!
Watch us!

चीनबाट विधार्थीको हार गुहार: हामीलाई कोराना छैन,सँगै बसेका भारत , माल्दिभ्स,बंगलादेशका साथी फर्किसके, हाम्रो उद्दार भएन (भिडियो)

मिलन खड्का

मंगलबार, २८ माघ २०७६, १७ : ११ मा प्रकाशित

अर्थ संसार, काठमाडौं– चीनमा बन्धकको अवस्थामा रहेका नेपालीहरुले पनि भिडियो कलमार्फत नेपाली सञ्चारकर्मीहरुसँग चाँडै नेपाल झिकाउनको लागि पहल गरिदिन आग्रह गरेका छन् । चीनमा रहेको नेपाली दुतावासले पनि कुनै ठोस जवाफ दिन नसकेको ती विद्यार्थीहरुको गुनासो छ ।

हेर्नुहोस् भिडियो 



चीनको उहान सहरमा रहेका नेपालीलाई तत्काल स्वदेश फर्काउन सरकारले कुनै गम्भिर पहलकदमी नचालेको उनीहरुका अभिभावकले गुनासो पोखेका छन् । चीनमा रहेका कोही पनि नेपालीहरु ‘नोवल कोराना भाईरस’ बाट संक्रमित नभएको भन्दै उनीहरुले जतिसक्दो चाँडै आफ्ना आफन्तलाई नेपाल ल्याउन सरकारले पहल गर्नुपर्ने बताए ।
 


 

सरकारले कोरोना भाइरस फैलिएको चीनको हुवेइ प्रान्तबाट स्वदेश फर्कन चाहने नेपालीलाई ल्याउनका लागि राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए–३३० जहाज चीन पठाउने तयारी गरेको छ ।

चीनमा कोरोनाको सम्भावित जोखिमबाट बच्नका लागि स्वदेश फर्कने नेपालीलाई जहाजमार्फत ल्याउने सम्बन्धमा आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र निगमका पदाधिकारीबीच छलफल भएको थियो । निगमले अबको एक-दुई दिनभित्रै आफ्नो वाइड बडी जहाज चीन पठाउने तयारीमा रहेको जनाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको