Like us!
Follow us!
Connect us!
Watch us!

गोरखाको पुस्तकालय पुननिर्माणका लागि मनकामना दर्शनद्धारा १० लाख रूपैंया प्रदान

निशा हुमाँगाई

बुधबार, २९ माघ २०७६, १२ : ०८ मा प्रकाशित

गोरखाको पुस्तकालय पुननिर्माणका लागि मनकामना दर्शनद्धारा १० लाख रूपैंया प्रदान

अर्थ संसार, काठमाडौं – गोरखा नगरपालिका वडा नं. ६ स्थित तीनधारेमा पुननिर्माण भैरहेको त्रिभुवन पुस्तकालयका लागि मनकामना दर्शन प्रा.लि. ले १० लाख रूपैयाँ आर्थिक सहयोग गरेको छ ।

नेपालको पहिलो केबलकार सञ्चालक राजु बाबु श्रेष्ठ, रोशन बाबु श्रेष्ठ र राजेस बाबु श्रेष्ठले स्वर्गीय बुवा लक्ष्मण बाबु श्रेष्ठको स्मृतिमा पुस्तकालयका लागि सहयोग गरेका हुन् ।

यसैगरी, त्रिभुवन पुस्तकालय २००८ सालमा लक्ष्मण बाबु श्रेष्ठको सक्रियतामा जिल्लामा नै पहिलो पटक स्थापना भएको पुस्तकालय हो । पुस्तकालयको भवन संरक्षणविहिन रहेकै अवस्थामा गोरखा भूकम्पले थप क्षति पुगेको थियो ।

भूकम्पपछि स्थानीय बासिन्दा र गोरखा नगरपालिकाको पहलमा अहिले पुरानो भवन भत्काएर सोही ठाँउमा नयाँ भवन निर्माण कार्य भैरहेको छ । भवनकाे दुई तलाको ढलान सम्पन्न भैसकेको छ ।

यस्तै, गोरखामा जन्मिएर राष्ट्रिय स्तरमा महत्वपूर्ण योगदान पुर्याउने लक्ष्मण बाबु श्रेष्ठको नाममा भवनको भुँइतलाको हल नामाकरण गर्ने निर्णय भएको पुस्तकालय पुननिर्माण समितिले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको