Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश पारितसँगै हिमालयन बैंकको २७औं वार्षिक साधारणसभा सम्पन्न (फोटोफिचर)

निशा हुमाँगाई

बुधबार, २९ माघ २०७६, १६ : ११ मा प्रकाशित

लाभांश पारितसँगै  हिमालयन बैंकको २७औं वार्षिक साधारणसभा सम्पन्न (फोटोफिचर)

अर्थ संसार, काठमाडौं – हिमालयन बैंक लिमिटेडको सत्ताइसौं साधारण सभा आज (माघ २९ गते, बुधबार) त्रिभुवन आर्मि अफिसर्स क्लब भद्रकाली, काठमाडाैंमा सम्पन्न भएकाे छ ।

बैंककाे सञ्चालक समितिका अध्यक्ष मनोज बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त साधारण सभाले शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर र १२ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यो बोनस शेयरको वितरण पश्चात बैंकको चुक्ता पूजी ९ अर्ब ३७ करोड २२ लाख ८१ हजार ४ सय २८ रूपैयाँ पुग्ने जानकारी पनि अध्यक्ष श्रेष्ठले गराएका छन् । 

यसैगरी, सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष मनोजबहादुर श्रष्ठले आर्थिक वर्ष २०७४/७५ को प्रतिवेदन प्रस्तुत गरेका छन् । सोही अवसरमा अध्यक्ष श्रेष्ठले ग्राहकवर्गले बैंक प्रति गरेको विश्वास तथा व्यवस्थापनको सृजनात्मक क्रियाशीलताबाट बैंकले निरन्तर प्रगति गरिरहेको जानकारी सभालाई दिएका छन् ।

बैंकमा पैसा राख्नु भन्दा शेयर बजारमा पैसा लगानी गर्दा प्रतिफल राम्रो हुने सम्भावना बढी छ : भिष्मराज ढुंगाना-अध्यक्ष, धितोपत्र बोर्ड (भिडियो अन्तरवार्ता) 

त्यस्तै, अध्यक्ष श्रेष्ठले २७ वर्ष देखि सेवारत हिमालयन बैंक नेपालको वित्तिय क्षेत्रको अग्रणी मध्येको सुरक्षित र भरपर्दो बैंक भएको उल्लेख गरेका छन् । उनले नवीन, सुरक्षित तथा स्वस्थ्य बैंकिङ्ग प्रणालीको विकास गर्दै जनताको विश्वास अनुरूप अझ सुलभ तथा स्तरीय सेवा पुर्याउने लक्ष्यमा बैंक सदा झैं प्रतिवद्ध रहेको बताएका छन् । 

साथै, अध्यक्ष श्रेष्ठले बैंकले आर्थिक वर्ष २०७५/७६ अन्त्य सम्म १ खर्ब १३ अर्ब ९ करोड रूपैयाँ निक्षप संकलन र ९८ अर्ब २० करोड ६३ लाख रूपैयाँ कर्जा प्रवाह गरेको जानकारी दिएका छन् । जुन अघिल्लो वर्षको तुलनामा क्रमशः १३.३८ र १३.०८ प्रतिशत बढी हो ।

यस्तै, उक्त सभामा हिमालयन बैंकको संचालक समितिमा संस्थापक शेयरधनीबाट प्रतिनिधित्व गर्ने ५ जना संचालक पदमा प्रचण्ड बहादुर श्रेष्ठ, फैजल ऐन ललानी, तुलसी प्रसाद गौतम, सुनिल बहादुर थापा र आशिष शर्मा निर्विरोध निर्वाचित भएका तथ्य निर्वाचन अधिकृत रमेश सापकोटाले जानकारी दिएका छन् ।

त्यसैगरी, सभामा नवनिर्वाचित संचालकहरूलाई बधाई दिँदै बैंकको विभिन्न क्रियाकलापका सम्बन्धमा प्रकाश पार्दै अध्यक्ष श्रेष्ठले चालु आर्थिक वर्षमा कम्तीमा १२ स्थानमा नयाँ शाखाहरूको स्थापना गर्ने जानकारी दिएका छन् । साथै अध्यक्ष श्रेष्ठले बैंकको सेवा तथा सुविधाहरूलाई समयानुरूप आर्कषक एवं गुणस्तरीय बनाउने तर्फ बैंक निरन्तर प्रयासरत रहने पनि बताएका छन् ।

5e43d7605c424.jpg 5e43d76531632.jpg 5e43d76c7d43f.jpg 5e43d773662a8.jpg 5e43d7796b33a.jpg 5e43d781236b3.jpg 5e43d78c5fa2c.jpg 5e43d795029cf.jpg 5e43d79cf0516.jpg 5e43d7a35b502.jpg 5e43d7a80488a.jpg 5e43d7adc7bf3.jpg 5e43d7b52249d.jpg 5e43d7bb2c0f7.jpg 5e43d7c2ee94c.jpg 5e43d7c71bad7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको