Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी विकास बैंकले धमाधम लाभांश दिँदै, शेयरधनीलाई यस्ताे आग्रह (सूचनासहित)

निशा हुमाँगाई

विहीबार, ०१ फागुन २०७६, ११ : ४९ मा प्रकाशित

महालक्ष्मी विकास बैंकले धमाधम लाभांश दिँदै, शेयरधनीलाई यस्ताे आग्रह (सूचनासहित)

अर्थ संसार, काठमाडौं – महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई धमाधम बाेनस शेयर वितरण गरिरहेकाे छ । 

बैंककाे कार्तिक २९ गते सम्पन्न १८औँ वार्षिक साधारण सभाबाट पारित गरिएको ८ प्रतिशत बाेनस शेयर हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको खातामा जम्मा गरिसकेकाे छ । 

त्यस्तै, बैंकले हालसम्म आफ्नाे डिम्याट खातामा बैंक खाता नं. अद्यावधिक नगराएका शेयरधनीहरूलाई आफ्नो शेयर अभौतिकिकरण गराउन तथा आफ्नो हितग्राही खातामा बैंक खाता नं. अद्यावधिक  गराउन आग्रह गरेकाे छ ।

बैंकको शेयर रजिष्ट्रार सिद्दार्थ क्यापिटल लिमिटेड रहेको छ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5e44e6f0ee54a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको