Like us!
Follow us!
Connect us!
Watch us!

नायिका महिमा सिलवालको देवघाटमा अन्त्येष्टि

अर्थ संसार

शुक्रबार, ०२ फागुन २०७६, १४ : ३९ मा प्रकाशित

नायिका महिमा सिलवालको देवघाटमा अन्त्येष्टि

विवेक अर्याल

अर्थ संसार, चितवन– सडक दुर्घटनामा परी निधन भएकी नायिका महिमा सिलवालको देवघाटमा अन्त्येष्टि गरिएको छ ।बुधवार साँझ पृथ्वी राजमार्ग अन्तरगत धादिङको गजुरी गाउँपालिका–२ चाम्बासमा बसको ठक्करबाट निधन भएकी कलाकार सिलवालको बिहिवार हिन्दु परम्परा अनुसार देवघाटमा अन्त्येष्टि गरिएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

भरतपुर महानगरपालिका–१३ गीतानगर निवासी सिलवालको भैरहवाबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख १३५ नंको बसको ठक्करबाट निधन भएको हो । बसले सिलवाल सवार बा ९८ प ७०५८ नंको स्कुटरलाई ठक्कर दिएको थियो । दुर्घटनामा महिमाकी दिदी २८ वर्षीया शर्मिला सिलवालको समेत निधन भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएपछि उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरी पठाइएकोमा घाइते महिमा सिलवालको उपचारको क्रममा मृत्यु भएको हो भने घाइते शर्मिला सिलवालको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको थियो ।
बहिनीको ‘इन्गेजमेन्ट’का लागि चितवन आउँदै गरेको बेला दुर्घटना भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको